बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

स्वार्थ समूहको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लियो : प्रचण्ड

बिहीबार, २६ भदौ २०८२, ०९ : ४४
बिहीबार, २६ भदौ २०८२

सारांश

  • प्रचण्डले स्वार्थ समूहको सेवामा गठबन्धन सरकार लागेको आरोप लगाए।
  • उनले सुशासनको डरले पुरानो गठबन्धन टुटेको बताए।
  • प्रचण्डले युवा पुस्ताको आवाज दबाउन नरसंहार मच्चाएको आरोप लगाए।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लिएको बताएका छन् । 

आज एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्– 'सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद रुपमा तपाई हाम्रासामु देखिएको छ। भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लियो ।'

जेन जी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चाएको उनको आरोप छ । 'सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलन सही थियो तर त्यसमाथि सरकारले पहिलो दिनमै बर्बर दमन र नरसम्हार मच्चायो' प्रचण्डले भने । 

केपी ओली नेतृत्वमा सरकार गठनपछि विश्वासको मत लिने क्रममा आफूले संसद्को रोष्टमबाट गठबन्धनको सरकार जुन उदेश्यले बनाइयो, सरकारकै कारण अहिलेको जस्तो अवस्था आउन सक्नेतर्फ सचेत गराएको प्रचण्डले स्मरण गराएका छन् । 

सरकारलाई सदन र सार्वजनिक कार्यक्रमहरूमा लगातार कठोर आत्मसमीक्षासहित सच्चिन बारम्बार आग्रह गरे पनि कुशासनका शृङ्खला जारी नै रहेको कारण जनतामा वितृष्णा फैलिएको उनको आरोप छ ।  

1234

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप