'राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता'
सारांश
- बृहत नागरिक आन्दोलनले जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनुपर्ने बताएको छ।
- आन्दोलनले राष्ट्रपति रामचन्द्र पौडेलको अभिभावकत्व आवश्यक रहेको जनाएको छ।
- आन्दोलनले भ्रष्टाचार र बेथितिविरुद्ध सतर्क रहन आह्वान गरेको छ।
काठमाडौँ । बृहत नागरिक आन्दोलनले जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता भएको बताएको छ । यसका लागि राष्ट्रपति रामचन्द्र पौडेलको अभिभावकत्व जरुरी भएको अभियानको भनाइ छ ।
अभियानले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता हो। अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतासाथ अघि बढ्नुको विकल्प छैन । यस संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पूरा गरोस्, तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस् र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होउन् ।'
अभियानले जेनजी आन्दोलनको म्यान्डेट र मूल भावना गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र भ्रष्टाचारविरुद्धको संघर्ष भएकाले यसलाई कमजोर पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण