बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ : एमाले

बिहीबार, २६ भदौ २०८२, १३ : ४९
बिहीबार, २६ भदौ २०८२

सारांश

  • एमालेले राजनीतिक निकास संविधान र लोकतान्त्रिक विधिबाट खोज्नुपर्ने जनाएको छ।
  • महासचिव पोखरेलले युवा पुस्ताका सरोकार सम्बोधन गर्नुपर्ने बताएका छन्।
  • एमालेले राष्ट्रपतिलाई संवादको पहलकदमी लिन ध्यानाकर्षण गराएको छ।

काठमाडौँ । नेकपा एमालेले अबको राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्ने बताएको छ । महासचिव शंकर पाेखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै लेखेका छन्, ‘प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ ।’

महासचिव पोखरेलले सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्ने बताएका छन् । 

उनले विज्ञप्तिमा नेतृत्वदायी भूमिका लिन राष्ट्रपति रामचन्द्र पौडेललाई ध्यानाकर्षण गराएका छन् । ‘संविधानका मर्म अनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ,’ पोखरेलले विज्ञप्तिमा लेखेका छन् । 

पोखरेलको ८ बुँदे विज्ञप्तिमा विषम परिस्थितिमा सङ्घीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेल्नुपर्ने बताएका छन् । स्थानीय तहहरूले निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ । 

पोखरेलले संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान पनि गरेका छन् । 

यस्तो छ विज्ञप्ति :

123

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप