पाँच दलका युवा सङ्गठनले भने– सार्वजनिक सम्पत्तिमा आगजनी हुँदा सुरक्षा निकाय किन मुकदर्शक भए ?
काठमाडौँ । पाँच राजनीतिक दलका युवा सङ्गठनका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सार्वजनिक सम्पत्तिमा आगजनी र क्षति हुँदा नेपाली सेनालगायतका सुरक्षा निकाय के कारणले मुकदर्शक भएर बसे भनेर प्रश्न गरेका छन् ।
नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेकपा एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेबे,नेकपा माओवादी केन्द्रका भ्रातृसंस्था वाईसीएलका अध्यक्ष पुष्प ओली, नेकपा (एकीकृत समाजवादी)को भ्रातृसंस्था युवा सङ्घ नेपालका अध्यक्ष रोशन थापा तथा राष्ट्रिय जनमोर्चाको भ्रातृसंस्था अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारीले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी प्रश्न उठाएका हुन् ।
‘सार्वजनिक सम्पत्तिमा आगजनी र क्षति हुँदा समेत नेपाली सेना लगायतका सुरक्षा निकाय के कारणले मुकदर्शक भएर बसेका हुन्,’ संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘यस सम्बन्धमा छानबिनसहित यस आन्दोलनको क्रममा सुरक्षा निकायहरूको भूमिकाको गम्भीर समीक्षा र पुनरावलोकन गरिनुपर्ने माग गर्दछौँ ।’
विज्ञप्तिमा जेनजीले प्रस्तुत गरेका प्रमुख मागहरू भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिता – प्रति समर्थन जनाएको उल्लेख छ ।
यस्तो छ विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण