जेनजी आन्दोलनले ध्वस्त हेटौँडा उपनगरपालिका
सारांश
- हेटौँडा उपमहानगरपालिका जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भयो, महत्त्वपूर्ण कागजात र संरचनामा क्षति पुग्यो।
- आगजनीबाट दर्जनौं सवारी साधनमा क्षति पुग्यो र शव बाहन जलेर खरानी भयो, कर्मचारीहरू सेवा पुनःस्थापनाको लागि डराएका छन्।
- आइतबारदेखि अस्थायी रूपमा सेवा सुचारु गर्ने तयारी, तर पूर्ण सेवाका लागि समय लाग्ने र सरकारको सहयोग आवश्यक हुनेछ।
हेटौँडा । जेनजी आन्दोलनका क्रममा हेटौँडा उपमहानगरपालिका जलेर खण्डहर बनेको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते दिउँसो २ बजेको समयमा हेटौंडा उपमहानगरपालिकाको गेट फोडेर प्रर्दशनकारीहरूले आगजनी गरेका थिए ।
आगजनीबाट हेटौंडा उपमहानगरपालिकाको गेटदेखि भवन संरचनासमेत जलेर ध्वस्त भएका छन् । उपहानगरपालिका हरेक कक्षहरू जलेका छन् । महत्त्वपूर्ण कागजात तथा सिस्टमहरू जलेका छन् । भवन संरचनामा समेत आगोका कारण क्षतविक्षत् भएको छ । बाँकी त केबल भवनहरूका भित्ताहरू रहेका छन् ।
आगजनीका कारण उपमहानगरपालिका कार्यालयभित्र रहेका साना ठुला गरी दर्जन बढी सवारी साधनहरूमा क्षति पुगेको छ । उपमहानगरपालिकाको शव बाहनसमेत जलेर खरानी बनेको छ । २ दिनदेखि आगो निभाउने काम जारी रहेको भए पनि अझै पनि केही ठाउँमा आगो बाँकी नै छ ।
१५ वर्ष हेटौंडा उपमहानगपालिकामा काम गरेका एक अधिकृतका अनुसार आन्दोलनका क्रममा कार्यालयमा आगजनी हुँदा महत्त्वपूर्ण कागजातहरू जलेर खरानी बनेका छन् । विगतदेखिका एतिहासिक कागजातहरू नष्ट भएका उनले बताए ।
मलिन स्वरमा रातोपाटीसँग उनले भने, 'लामो समयदेखि सेवा गरेको कार्यालय जलेर ध्वस्त हुँदाको पीडा कसलाई सुनाउनु ? हिजोभन्दा आज केही सहज भएर कार्यालय आएका छौँ । कार्यालय आउन पनि डर भइरहेको छ । परिचयपत्र र पोसाक नलगाई लुकेर कार्यालय आएका छौँ । कसैले आक्रमण गर्ने पो हो कि भन्ने डर अझै बाँकी नै छ । कार्यालयका कोठाहरू बाँकी छैनन् । कुसी टेबलदेखि कुनै पनि डाटा विवरण छैन । शून्यतामा पुगेको छ उपमहानगरपालिका ।’
नागरिकहरूलाई सेवा प्रवाह गर्ने पहिलो थलो आफै ध्वस्त भएको छ । सामान्य सेवा प्रवाह गर्नुपर्ने वा आपतकालीन अवस्थाको सेवासमेत पुर्याउन नसक्ने अवस्थामा उपमहानगपालिका रहेको उनले बताए ।
आइतबारदेखि अस्थायी रूपमा सेवा सुचारु गर्छौंः गौतम
आन्दोलनका क्रममा भएको आगजनीमा प्रशासनिक भवन पूर्ण रुपमा ध्वस्त भएपछि ठप्प भएको हेटौंडा उपमहानगरपालिकाको सेवा प्रवाह आगामी आइतबारदेखि अस्थायी रुपमा सुचारु गर्ने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले बताए । उपमहानगरपालिकाले नागरिकहरूलाई अत्यावश्यक सेवाबाट वञ्चित हुन नदिन तत्कालका लागि वैकल्पिक व्यवस्थासहित काम थाल्ने तयारी गरेको उनको भनाइ थियो ।
उनका अनुसार आन्दोलनका क्रममा भएका क्षति अप्रत्याशित र गम्भीर छ । अकस्मात् भएको घटनाले ठुलो क्षति पुगेको र यसको परिपूर्ति उपमहानगरपालिकाको क्षमताभन्दा बाहिर रहेको उनले बताए । उपमहानरपालिकाले जेनजी आन्दोलनका क्रममा भएको घटनाको क्षतिलाई आकस्मिक विपतका रूपमा लिएर व्यवस्थापनमा अग्रसर भएको उनले बताए ।
आगजनीबाट नगरपालिकाको मुख्य प्रशासनिक भवन र सभाहलमा सबैभन्दा बढी क्षति पुगेको उनको भनाइ छ । नयाँ भवनको अवस्था प्राविधिक टोलीले जाँच गरिरहेको र केही वडाहरूका कार्यालय पनि जलेर पूर्ण रुपमा नष्ट भएका उनले बताए । जलेका वडाहरूको सेवा प्रवाहका लागि भाडामा घर खोज्ने वा अस्थायी संरचना बनाउने जस्ता विकल्पमाथि छलफल भइरहेको छ । सेवा पुनःस्थापनाका लागि भौतिक संरचना मात्र नभई फर्निचर, कम्प्युटर, इन्टरनेट प्रणाली र सफ्टवेयरजस्ता प्राविधिक पूर्वाधार पनि जडान गर्नुपर्ने र त्यसका लागि समय लाग्ने उनले बताए ।
सरसफाइ पनि हुँदै
‘हाल नेपाल प्रहरी र नगर प्रहरीसहित करिब ५० जनाको टोलीले जलेको भवन र परिसर सफा गर्ने काम गरिरहेको छ । तत्कालका लागि कम क्षति पुगेको स्थानबाट सेवा सुरु गर्ने तयारी छ । १९ वटै वडाको कार्यालयलाई सक्रिय बनाएर कार्यालय नभएका वडाहरूको सुरक्षित स्थानबाट सेवा प्रवाह सुरु गर्ने योजना बनाइएको छ,’ गौतमले भने, ‘हामी सामान्य कामहरू आइतबारदेखि सुरु गर्ने प्रयासमा छौँ । तर पूर्ण रुपमा सेवा सुचारु हुन समय लाग्छ । नगरपालिकाले क्षतिको यथार्थ विवरणसहितको मुचुल्का तयार गरी सहयोगका लागि प्रदेश र संघ सरकारलाई अनुरोध गर्ने प्रक्रिया अगाडि बढाएको छ । पूर्ण पुनःस्थापनाका लागि माथिल्लो तहका सरकारहरूको सहयोग अपरिहार्य हुनेछ ।’
_spGxZDkZ49.jpg)
_K25WGsNTSN.jpg)
_ttoQ0EaVZ1.jpg)
_dX5eIPJsh5.jpg)
_Esywnq87VW.jpg)
_6HFSwhqqpM.jpg)
_c2aivNmHgT.jpg)
_CdHcYIPJvx.jpg)
_QlvqN4GoiO.jpg)
_8h2AwC9LQK.jpg)
_0EvvRdPsKS.jpg)
_KRc3vgteoY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण