दाङमा कर्फ्यु आदेश निरन्तर, भोलि बिहान ५ बजेसम्म लागू
बुटवल । दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले भदौ २३ यता भइरहेका विरोध प्रदर्शन, जुलुस र तोडफोडका घटनालाई नियन्त्रण गर्न जारी गरिएको कर्फ्यु आदेशलाई निरन्तरता दिएका छन्।
जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा जारी आदेशअनुसार तोकिएका चार क्षेत्रभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने व्यवस्था गरिएको छ। आदेश स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९क० बमोजिम लागू भएको हो।
कर्फ्यू अन्तर्गत पर्ने क्षेत्रहरूमा राप्ती गाउँपालिकास्थित प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको क्षेत्र र भालुवाङ बजार, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका रहेका छन्।
प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार भदौ २७ गते अर्थात भोलि बिहान ५ बजे सम्म कर्फ्यू आदेश जारी रहने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण