रौतहटमा कर्फ्यु खुकुलो बनाइयो
बिहीबार, २६ भदौ २०८२, १९ : ३२
रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले जारी कर्फ्युलाई आंशिक खुकुलो बनाएको छ।
गत भदौ २४ गतेदेखि लगाइएको कर्फ्युका कारण सर्वसाधारणको दैनन्दिन जीवनमा परेको असरलाई मध्यनजर गर्दै आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म दैनिक खाद्यान्न, सामग्री लगायत अत्यावश्यक सेवासम्बन्धी क्रियाकलाप सञ्चालन गर्न अनुमति दिइएको हो।
तर जिल्ला प्रशासनले उक्त समयमा पनि अनावश्यक भीडभाड र प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारेको छ। निर्धारित दुई घण्टापछि पुनः बेलुकी ७ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यू यथावत रहने जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण