महिला विश्वकपमा पहिलो पटक सबै महिला म्याच अफिसियल
काठमाडौँ । भारत र श्रीलङ्कामा हुन लागेको आगामी महिला एकदिवसीय विश्वकपमा सबै महिला म्याच अफिसियलहरूको टोलीले खेल सञ्चालन गर्ने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बिहीबार चार जना म्याच रेफ्री र १४ जना अम्पायर गरी नौ देशका महिलाहरूको टोली घोषणा गरेको हो। यो प्रतियोगिता सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म चल्नेछ।
आईसीसीले महिला क्रिकेटको इतिहासमा यो एक महत्त्वपूर्ण क्षण भएको बताएको छ। आईसीसी अध्यक्ष जय शाहले भने, ‘यो महिला क्रिकेटको यात्रामा एक निर्णायक मोड हो, जसले खेलका सबै पक्षहरूमा थप प्रेरणादायी कथाहरूको लागि मार्ग प्रशस्त गर्नेछ।’ उनले यो कदमले क्रिकेटमा लैङ्गिक समानता प्रवद्र्धन गर्ने आईसीसीको प्रतिबद्धतालाई पनि देखाएको बताएका छन्।
घोषित म्याच रेफ्रीहरूमा न्युजिल्यान्डकी ट्रुडी एन्डरसन, दक्षिण अफ्रिकाकी शान्द्रे फ्रिट्ज, भारतकी जीएस लक्ष्मी र श्रीलंकाकी मिचेल परेरा रहेका छन्। त्यस्तै, अम्पायरको टोलीमा इङ्गल्यान्डकी सु रेडफर्न, अस्ट्रेलियाकी क्लेयर पोलोसक र इलोइस शेरिडन, वेस्ट इन्डिजकी क्यान्डेस ला बोर्ड र ज्याकलिन विलियम्स, न्युजिल्यान्डकी किम कटन, जिम्बाब्वेकी साराह दामबानेवाना, बंगलादेशकी शथिरा जकिर जेसी, दक्षिण अफ्रिकाकी केरिन क्लास्टे र लोरेन एगेनबाग, भारतकी एन जननी, वृन्दा राठी र गायत्री वेणुगोपालन्, तथा श्रीलंकाकी निमाली परेरा रहेका छन्।
यस टोलीमध्ये क्लेयर पोलोसक, ज्याकलिन विलियम्स र सु रेडफर्नले तेस्रोपटक महिला एकदिवसीय विश्वकपमा अम्पायरको भूमिका निर्वाह गर्दैछन् भने लोरेन एगेनबाग र किम कटनको यो दोस्रो विश्वकप हो।
यसअघि सन् २०२२ को बर्मिङ्घम राष्ट्रमण्डल खेलकुद र पछिल्ला दुई महिला टी–२० विश्वकपमा पनि सबै महिला निर्णायकहरूको टोली समावेश गरिएको थियो।
१३औँ महिला एकदिवसीय विश्वकपको पहिलो खेल सेप्टेम्बर ३० मा आयोजक भारत र श्रीलङ्काबिच हुनेछ। साबिक विजेता अस्ट्रेलियाले अक्टोबर १ मा न्युजिल्यान्डसँग खेल्नेछ। प्रतियोगितामा हरेक टोलीले अन्य सात टोलीसँग एक–एक पटक खेल्नेछन् र शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
प्रतियोगिताका खेलहरू गुवाहाटी, इन्दोर, विशाखापट्टनम, नवी मुम्बई र कोलम्बोमा हुनेछन् भने फाइनल खेल नोभेम्बर २ मा तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण