राजनीतिक अन्योल अन्त्य गर्न नयाँ सरकार गठनको माग
सारांश
- दोलखाका विभिन्न संघसंस्थाले नयाँ सरकार गठनको माग गरेका छन्, राजनीतिक अनिश्चितता अन्त्यका लागि आह्वान गर्दै।
- सञ्जालले विज्ञप्ति जारी गर्दै संवैधानिक विधिबाट सरकार गठन र विधिको शासन सुनिश्चित गर्न अपिल गरेको छ।
- आन्दोलनका क्रममा भएका विध्वंसात्मक गतिविधिलाई निन्दा गर्दै, दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ।
मकवानपुर । दोलखाका विभिन्न पेसागत संघसंस्थाले अविलम्ब नयाँ सरकार गठनको माग गरेका छन् । जेनजी आन्दोलनपछि देशमा उत्पन्न राजनीतिक अनिश्चितता र जनस्तरमा बढेको निराशा अन्त्य गर्न तत्काल नयाँ सरकार गठन गर्न उनीहरूले माग गरेका हुन् ।
शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड), दोलखाले मंगलबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक एवं लोकतान्त्रिक विधिबाट सरकार गठन गरी विधिको शासन सुनिश्चित गर्न अपिल गरेको छ । मौजुदा सरकारको विघटनसँगै देशमा विषम परिस्थिति सिर्जना भएको उल्लेख गर्दै सञ्जालले राष्ट्रिय एकता र सार्वभौमसत्तालाई अक्षुण्ण राख्दै जनताको त्रास र अन्योल हटाउन राजनीतिक निकास आवश्यक रहेकोमा जोड दिएको छ ।
विज्ञप्तिमा देशमा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्य गर्ने ‘जेन जी’ समूहको अभियानको लक्ष्यप्रति ऐक्यबद्धता जनाइए पनि आन्दोलनका क्रममा भएका विध्वंसात्मक गतिविधिले जेनजी समूहको नियन्त्रणभन्दा बाहिर पु¥याएको ठहर गरिएको छ ।
‘सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायतका ऐतिहासिक र महत्त्वपूर्ण संरचनामा भएको आगजनी र तोडफोडले देशलाई अपूरणीय क्षति पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सञ्जालले यस्ता हिंसात्मक र अवाञ्छित क्रियाकलापको निन्दा गर्दै घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन मागसमेत गरेको छ । सञ्जालले भदौ २३ र २४ गते भएको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
विज्ञप्तिमा नेपाल बार एसोशिएसन, नेपाल पत्रकार महासंघ, नेपाल प्राध्यापक संघ, नेपाल इन्जिनियर एसोशिएसन, नेपाल शिक्षक महासंघ, नेपाल चिकित्सक संघ, गैसस महासंघ र इन्सेक दोलखाले ऐक्यबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण