‘शासकको दम्भ र घुसपैठले जेनजी आन्दोलन हिंसात्मक बन्यो’
सारांश
- माओवादी केन्द्र काभ्रेले जेनजी आन्दोलन हिंसात्मक हुनुको कारण शासकहरूको दम्भ र घुसपैठ भएको आरोप लगाएको छ।
- पार्टीले जेनजी समूहका मागहरू जायज भए पनि हिंसात्मक गतिविधि अस्वीकार्य रहेको जनाएको छ।
- माओवादी केन्द्रले देशको संकट समाधानका लागि सबै लोकतान्त्रिक शक्तिहरूलाई एक हुन अपिल गरेको छ।
काभ्रे । नेकपा (माओवादी केन्द्र), काभ्रेले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन शासकहरूको दम्भ, घमन्ड र आन्दोलनमा भएको घुसपैठका कारण हिंसात्मक बन्न पुगेको आरोप लगाएको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले जेनजी समूहका मागहरू जायज भए पनि त्यसलाई गलत तत्त्वहरूले हिंसात्मक बनाएर देशलाई अपूरणीय क्षति पुर्याएको ठहर गरेको हो ।
पार्टीका जिल्ला संयोजक भोला प्रसाद अर्याल र केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तेज बहादुर मिजारद्वारा हस्ताक्षरित विज्ञप्तिमा जेनजी समूहका मागप्रति नैतिक समर्थन भए पनि हिंसात्मक गतिविधि अस्वीकार्य भएको उल्लेख छ । जेनजी समूहले उठाएका एजेन्डा माओवादी केन्द्रकै भएको र विगतमा आफ्नो नेतृत्वको सरकारले यसलाई कार्यान्वयन गर्न खोज्दा सरकारबाटै बाहिरिनुपरेको विज्ञप्तिमा स्मरण गराइएको छ ।
पार्टीले हिंसात्मक गतिविधिमा संलग्नलाई पहिचान गरी कारबाही गर्न र देशको वर्तमान संकट समाधानका लागि सबै लोकतान्त्रिक शक्तिहरूलाई एक हुन अपिल गरेको छ ।
‘शासकको दम्भ, घमन्ड र हठका कारण मुलुकमा अपूरणीय मानवीय क्षतिसहित देशको ऐतिहासिक तथा पुरातात्त्विक संरचनामा क्षति भएको छ । पार्टीले आन्दोलनलाई कमजोर बनाउन चाहने अवाञ्छित तत्त्वले युवा र विद्यार्थीलाई उत्तेजित गराएको हो,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण