दुई दर्जन होटलमा तोडफोड र आगजनी, २५ अर्बको नोक्सानी
सारांश
- जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीले देशभरका होटलमा २५ अर्बभन्दा बढीको क्षति पुगेको छ।
- होटल सङ्घका अनुसार, तोडफोडका कारण होटल मर्मतसम्भार र पुनर्निर्माण नभएसम्म सञ्चालनमा आउन नसक्ने अवस्था छ।
- सङ्घले घटनाको छानबिनका लागि न्यायिक समिति गठन गरी उचित क्षतिपूर्ति र दण्डको माग गरेको छ।
काठमाडौँ । जेनजी आन्दोलनका नाममा अराजक समूहले गरेको तोडफोड र आगजनीले देशभरका करिब २ दर्जन होटलमा ठुलो क्षति पुगेको छ । होटल सङ्घ नेपालका अनुसार विभिन्न सहरमा गरी सो बराबरको क्षति पुगेको हो ।
सङ्घको प्रारम्भिक अनुमानले कुल २५ अर्बभन्दा बढीको आर्थिक क्षति भएको देखाएको छ । जसमध्ये काठमाडौँको हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको अनुमान छ।
प्रभावित होटलहरू काठमाडौँ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्डका प्रतिष्ठानहरू रहेका छन् । तोडफोड, आगजनी र लुटपाटबाट यी होटलहरूमा व्यापक क्षति पुगेको सङ्घका अध्यक्ष विनायक शाहले जानकारी दिए ।
_LiIFVzOsxB.jpg)
उनका अनुसार यी होटलहरू मर्मतसम्भार र पुनर्निर्माण नभएसम्म सञ्चालनमा आउन नसक्ने र तोडफोड भएका होटलमा मात्रै दुई हजारभन्दा बढी कामदार कर्मचारीको रोजीरोटी गुम्न सक्ने देखिएको छ ।
साथै, सञ्चालन अवरुद्ध भएका यी होटलहरूले बैंक-वित्तीय संस्था लगायतका आर्थिक दायित्व नियमित रूपमा तिर्न असमर्थ रहने स्थिति सिर्जना भएको छ।
- यो सिजनको व्यापार ठप्प, आम्दानी र रोजगारीमा समस्या
सङ्घका अनुसार नेपालमा देखिएको समस्याका कारण कम्तीमा शरदकालीन सिजनको व्यापार ठप्प हुनेछ । अध्यक्ष शाह घुमघाम गर्ने प्रयोजनको लागि यो वर्ष विदेशी पर्यटक आउने सम्भावना अब निकै कम छ । आन्तरिक पर्यटन समेत यो समयमा निकै घट्ने देखिन्छ ।
यो अवस्थामा यो क्षेत्रका रोजगारी गर्नेको रोजगारीमा असर गर्नेछ । खासगरी दैनिक ज्यालादारी वा समयको आधारमा काम गर्ने कामदारको रोजगारीमा असर गर्नेछ । स्थायी रूपमा काम गर्ने कर्मचारीलाई पनि भुक्तानीमा समस्या हुनसक्ने देखिन्छ । सन् २०२३ को अध्ययन अनुसार अहिले नेपालमा पर्यटन क्षेत्रमा मात्रै ११ लाख ९० हजार जनशक्ति क्रियाशील छन् । त्यसमध्ये करिब ५ लाख प्रत्यक्ष रोजगारीमा संलग्न छन् ।
प्रत्यक्ष रोजगारी अन्तर्गत होटलहरु, ट्राभल एजेन्सी, एयरलाइन्स, यातायात सेवा, रेस्टुरेन्ट, मनोरञ्जन लगायत पर्छन् । त्यस्तै अप्रत्यक्ष रोजगारी अन्तर्गत आपूर्तिकर्ताहरू, यातायात सेवाको मर्मत, निर्माण, सामग्री उत्पादन, स्थानीय हस्तकलाहरू, गाइड र स्थानीय सेवालाई लिइने गरेको छ ।
_sxNWvgoydp.jpg)
- सुरक्षित फिर्तीमा पहिलो ध्यान
अहिले नेपालमा रहेका पर्यटकलाई कसरी सुरक्षित रूपमा स्वदेश फिर्ता पठाउने भन्नेमा आफूहरूको ध्यान रहेको हानका अध्यक्ष शाह बताउँछन् ।
नेपालले जस्तोसुकै विषम समयमा पनि विदेशी पर्यटकको सुरक्षा प्रत्याभूति दिलाएकोले नेपालको पर्यटन समस्यामा पनि छिटै रिभाइभ हुनसक्ने अवस्थामा रहेको भन्दै अहिलेको सङ्कटमा पनि यो साख जोगाउनु चुनौती रहेको उनको भनाइ छ ।

'हामीले विगतमा युद्ध भोग्यौँ, आन्दोलन र बन्द भोग्यौँ, नाकाबन्दी भोग्यौँ, महामारी पनि भोग्यौँ तर यहाँ विदेशी पर्यटक धेरै असुरक्षित भएनन्, हाम्रो यो साख हो,' उनले भने, 'यसपटक पनि यसलाई जोगाउन सकियो भने अर्को सिजनमा फेरि पुरानै अवस्थामा फर्किन सकिन्छ भन्ने हाम्रो अनुमान छ ।'
- तोडफोड र आगजनीको छानबिनमा न्यायिक समितिको माग
हानले सुशासन, विकास र जनताले खोजेको परिवर्तनका लागि युवाहरूको बलिदान र योद्धाहरूको त्याग प्रशंसनीय भए पनि तोडफोड र आगजनीका कारण निजी क्षेत्र तथा सरकारको ठुलो लगानी र सम्पत्तिमा भएको यो पीडादायी क्षतिप्रति गम्भीर विषय भएको बताएको छ ।
यसका लागि यथाशीघ्र शक्तिशाली अधिकारप्राप्त न्यायिक समिति गठन गरेर घटनाको जाँचबुझ गरी अपराधीलाई उचित क्षतिपूर्तिसहितको दण्ड दिन सङ्घले गरेको छ।
साथै, मर्मतसम्भार र पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्न तथा आर्थिक स्थायित्व र समृद्धि हासिल गर्दै परिवर्तनकारी नयाँ युगमा पर्यटन विकासको कार्यमा सँगसँगै अघि बढ्नुपर्ने सङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण