विभिन्न कारागारबाट फरार कैदीबन्दी ७ जना रुपन्देही प्रहरीद्वारा फेरि पक्राउ
सारांश
- रुपन्देही प्रहरीले विभिन्न कारागारबाट फरार भएका ७ कैदीबन्दीलाई पुन: नियन्त्रणमा लिएको छ।
- फरार कैदीबन्दीहरू चितवन, नवलपरासी र काठमाडौँ कारागारबाट भागेका थिए।
- नियन्त्रणमा लिइएका कैदीबन्दीहरूलाई सम्बन्धित कार्यालयमा पठाउने तयारी भइरहेको छ।
बुटवल। रुपन्देही प्रहरीले विभिन्न कारागार कार्यालयबाट फरार ७ जना कैदीबन्दीलाई फेरि नियन्त्रणमा लिएको छ ।
देशभर भएको प्रदर्शनका क्रममा कारागार तोडफोड र आगजनी पछि भागेका ७ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार चितवन कारागारबाट फरार रहेको भारत हरियाना प्रदेश थाना नागिना बस्ने वर्ष २४ का सवारी अङ्गभङ्ग मुद्दाका कैदी अब्बास खान, भारत उत्तर प्रदेश थाना बेहोजोई बस्ने वर्ष ४८ का लागु औषध मुद्दाका कैदी अनिल गिरी, भारत उत्तर प्रदेश थाना केलादेवी बस्ने वर्ष ४१ का लागु औषध मुद्दाका कैदी राजपाल सिंह, भारत उत्तर प्रदेशकै वर्ष ३८ का सवारी ज्यान मुद्दाका कैदी मोनु कश्याब रहेका छन्।
यस्तै नवलपरासी कारागारबाट फरार रुपन्देही सैनामैना नगरपालिका वडा नं. ७ बस्ने वर्ष ५२ की बहु– विवाह मुद्दाका कैदी करिस्मा राना रहेकी छन्। केन्द्रीय कारागार काठमाडौँबाट भागेका लागु औषध कोकिन मुद्दाका कैदी तान्जानियान दुई जना नागरिकलाई पनि रुपन्देहीबाट नियन्त्रणमा लिएको छ ।
लागु औषध कोकिन मुद्दा कैदी परेका वर्ष ५३ को रामाधानीसिम्बा अुबुम्बा र४७ को त्वालिबकिपबु पसुवालाई नियन्त्रणमा लिएको छ।रुपन्देही प्रहरी प्रवक्ता किर्किले उनीहरूलाई सम्बन्धित पठाउने तयारी भइरहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण