नख्खुबाट १२ सय बढी कैदीबन्दी भागे : इन्सेक
काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कारागार कार्यालयहरूको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । विवरण सार्वजनिक गर्दै इन्सेकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रहेको नख्खु कारागारबाट १ हजार २५६ कैदीबन्दी फरार भएको जनाएको छ ।
देशभर ३५ वटा कारागार र बाल सुधार गृहबाट १३ हजार ११४ जना कैदीबन्दी फरार भएको इन्सेकले जनाएको छ । देशभरका कारागारमा १६ हजार ७९७ जना कैदीबन्दी थुनामा थिए । तर, अहिले ११ हजार ८६८ जना कैदीबन्दी सम्पर्क बाहिर छन् । नख्खु कारागारको घटनापछि कैदीबन्दीहरु र सुरक्षा निकायबिच झडप हुँदा ९ जवा कैदी मारिएको इन्सेकले जनाएको छ ।
फरार भएका १ हजार २९८ जनालाई सुरक्षा निकायले नियन्त्रणमा लिएको छ । इन्सेकका अनुसार कारागार र सुधार गृहमा अहिले अहिले ४ हजार ८९५ कैदीबन्दी र बालबिज्याईकर्ता मात्र बाँकी छन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
-
कोशी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
सेजमा भाडा नतिर्ने उद्योगलाई अन्तिम चेतावनी, एक साताभित्र बक्यौता नतिरे बिजुली–पानी काटिने
-
इरानमाथि अमेरिकाको लगातार नवौँ रात आक्रमण : कहाँ-कहाँ भयो हमला?
-
पर्यटकलाई लोभ्याउँदै वनस्पति उद्यान
-
उच्च अदालत पोखरामा डेढ वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण