मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

‘सभापतिलाई कारागारबाट दिएको पत्र फेक होइन, मेरै अगाडि नै हस्ताक्षर भएको हो’

कारागारबाट निकाल्न १० मिनेट ढिलो भएको भए श्रद्धाञ्जली लेख्नुपर्ने अवस्था आउन सक्थ्यो : डीपी अर्याल
शुक्रबार, २७ भदौ २०८२, २० : १३
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले रवि लामिछानेलाई कारागारबाट निकाल्ने प्रक्रियामा कुनै गडबडी नभएको बताए।
  • अर्यालका अनुसार लामिछानेलाई कारागारले नै बाहिर निकाल्न आग्रह गरेको थियो र सुरक्षा निकायसँग समन्वय गरिएको थियो।
  • उनले लामिछानेको सुरक्षालाई पहिलो प्राथमिकता दिएको र समयमै निकालिएको नभए ठुलो क्षति हुने सम्भावना रहेको बताए।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेलाई कारागारबाट निकाल्ने प्रक्रियामा कुनै गडबडी नभएको स्पष्ट पारेका छन् ।

उनले लामिछानेलाई कारागारले नै बाहिर निकाल्न आग्रह गरेको र त्यसमा सबै सुरक्षा निकायसँग निरन्तर समन्वय भएको बताएका हुन् ।

अर्यालका अनुसार कारागारबाट निस्कने बेला उपस्थित साक्षी आफैँ भएको र सम्बन्धित पत्र आफ्नो अगाडि नै हस्ताक्षर भएको हो । ‘पत्र फेक होइन, हतारमा व्यहोरामा तलमाथि भएको हुनसक्छ। मिति सच्याइएको भए पनि हस्ताक्षर र छाप त्यहीँ छ । यस्ता पत्रहरू कम्प्युटरमा टाइप हुँदा अघिल्लो विवरण डिलिट नभएको हुनसक्छ,’ उनले भने ।

उनले पार्टी सभापति लामिछानेलाई यसबारे कुनै जानकारी नदिइएको भन्दै उनले भने, ‘सभापतिज्यूलाई दोष दिन मिल्दैन। उहाँले केवल पत्र माग्नुभएको हो, हामीले सुरक्षासम्बन्धी निकायसँग समन्वय मात्र गरेका हौँ ।’

अर्यालले लामिछानेको सुरक्षालाई आफूले पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै भने, ‘यदि १० मिनेट ढिलो भएको भए अहिले हामीले श्रद्धाञ्जली लेख्नुपर्ने अवस्था आउन सक्थ्यो। समयमै निकालिएको नभए ठुलो जनधनको क्षति हुने सम्भावना स्वयं कारागारले स्वीकारेको छ ।’

उनले कारागारको अवस्था जटिल भएकाले सिडिओ र जेलरसँग निरन्तर सम्पर्कमा बसेर अघि बढिएको बताए। ‘दुनियाँले देखेको छ, सभापति भाग्नुभएको होइन। हामी लगातार सुरक्षा निकायसँग समन्वयमा छौँ। आज पनि उहाँ कारागार जान निस्कनुभएको थियो तर मैले पहिला अवस्थाबारे बुझ्नुपर्ने भएकाले रोकिएको हो,’ उनले थपे ।

व्यक्तिगत बदनामीमा नलाग्न आग्रह गर्दै अर्यालले मुलुकको जटिल राजनीतिक अवस्थातर्फ ध्यान दिन सबैलाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप