सुदन गुरुङले ढोगे प्रधानमन्त्री कार्कीको खुट्टा
शनिबार, २८ भदौ २०८२, ०० : ५२
सारांश
- जेनजी आन्दोलनका रणनीतिकार सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीको खुट्टा ढोके।
- यो घटना राष्ट्रपति भवनमा सपथ ग्रहण कार्यक्रमपछि भएको थियो।
- जेनजी आन्दोलनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको थियो, जसले गर्दा केपी शर्मा ओलीले राजीनामा दिए।
काठमाडौँ । जेनजी आन्दोलनका रणनीतिकार तथा हामी नेपालका अध्यक्ष सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीको खुट्टा ढोगेका छन्।
यो घटना शुक्रबार राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण कार्यक्रमपछि भएको हो।
गत भदौ २३ गते जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जना युवाको मृत्यु भएको थियो। त्यसपछि भदौ २४ गते आक्रोशित समूहले देशभर प्रदर्शन गर्दै आगजनी र तोडफोड गरेको थियो।
घटनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछिका दिनमा जेनजी समूहले कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको माग गर्दै आएको थियो। लामो समय चलेको छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण