जेनजी आन्दोलनमा जलेको चन्द्रनिगाहपुर प्रहरी कार्यालय स्थानीय सहयोगमा मर्मत हुँदै
सारांश
- रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालय स्थानीयको सहयोगमा मर्मत सुरु भएको छ।
- स्थानीय युवा तथा समाजसेवीहरूले चन्दा सङ्कलन गरी आगलागीबाट जीर्ण बनेको प्रहरी कार्यालय पुनः निर्माण अभियान थालेका हुन्।
- आन्दोलनका क्रममा क्षति पुगेका अन्य प्रहरी चौकीहरू पनि स्थानीयको सहयोगमा पुनः सञ्चालनमा ल्याइएको छ।
रौतहट । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालय स्थानीयवासीको सक्रिय सहयोगमा मर्मत सुरु भएको छ।
स्थानीय युवा तथा समाजसेवीहरूले स्वतःस्फूर्त चन्दा सङ्कलन गरी आगलागीबाट जीर्ण बनेको प्रहरी कार्यालय पुनः निर्माण अभियान सुरु गरेका हुन्। चन्द्रनिगापुरमा मात्र शुक्रबार साँझसम्म ६ लाखभन्दा बढी सहयोग सङ्कलन भएको समाजसेवी तेज विक्रम कार्कीले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी नेत्र मणि गिरीले जनताप्रति आभार व्यक्त गर्दै भने, “नेपाल प्रहरी तपाईँहरूकै लागि हो। तत्काल आवेगमा क्षति भए पनि सज्जन जनताले फेरि उठाउने प्रयास गर्नु सकारात्मक कदम हो।”
यस्तै, हालै आगजनीबाट क्षति पुगेको हर्साहा प्रहरी चौकीलाई पनि स्थानीयको अग्रसरतामा पुनः सञ्चालनमा ल्याइएको छ। इलाका प्रहरी कार्यालय गरुडाले सामाजिक सञ्जालमार्फत “प्रहरी बलियो बनाऔँ, कानुनी शासन सुदृढ गरौँ” भन्ने अपिल गर्दै स्थानीय सहयोगमा पुनःसंरचना कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।
गत मंगलबार आन्दोलनका क्रममा चन्द्रनिगापुर प्रहरी कार्यालय, गाडी र सोही दिन हर्साहा प्रहरी चौकीमा तोडफोड तथा आगजनी भएको थियो। प्रहरी अभावमा असुरक्षित महसुस गरेका स्थानीयले आर्थिक सहयोग र सक्रियतामार्फत प्रहरी कार्यालय पुनः सञ्चालनमा ल्याएका हुन्।
यसअघि कटहरियामा समेत सर्वपक्षीय समिति गठन गरी इलाका प्रहरी कार्यालय, सशस्त्र बेस क्याम्प दुधियाभारलाई सहयोग गरिएको र स्थानीय युवाले बजार क्षेत्रमा रात्रि गस्ती सुरु गरेको जनाइएको छ।
रौतहटका सिडिओ विनोद कुमार खड्काले नागरिक–प्रहरी सहकार्यको खुलेर प्रशंसा गर्दै भने, “नागरिक र प्रहरीको सम्बन्ध नङ–मासु जस्तै हुनुपर्छ, पर्दा एक–अर्कालाई सहयोग गर्नुपर्छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए मेक्सिको र दक्षिण कोरिया
-
मधुमेहका बिरामीले खान हुन्छ अनार ?
-
सीप सिकेर आत्मनिर्भर बन्दै म्याग्देका महिला
-
सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्को पहुँच बाहिर
-
नुहाउनेबित्तिकै पानी पिउन हुन्छ कि हुन्न ?
-
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण