मकवानपुरमा निषेधाज्ञा र कर्फ्यु हट्यो
शनिबार, २८ भदौ २०८२, ११ : २१
सारांश
- मकवानपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कर्फ्यु आदेश हटाएको छ।
- भदौ २८ गते बिहान १० बजेदेखि लागू हुने गरी आदेश हटाइएको हो।
- असहज परिस्थिति सामान्य हुँदै गएपछि प्रशासनले निर्णय गरेको हो।
हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभरि लागू गरेको निषेधाज्ञा तथा कर्फ्यु आदेश हटाएको छ । कार्यालयले शनिवार एक सूचना प्रकाशित गर्दै भदौ २८ गते बिहान १० बजेदेखि लागू हुने गरी उक्त आदेश हटाएको हो ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार पछिल्लो समय मुलुकमा विकसित घटनाक्रम र सो पश्चात् सृजित असहज परिस्थिति क्रमशः सामान्यीकरण हुँदै गएकोले सर्वसाधारणको जानकारीका लागि निषेधाज्ञा र कर्फ्यु हटाइएको हो ।
यसअघि, देशका विभिन्न भागमा देखिएको असहज परिस्थितिलाई मध्यनजर गर्दै प्रशासनले गत भदौ २६ गतेदेखि जिल्लामा निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरेको थियो । प्रशासनको पछिल्लो निर्णयसँगै मकवानपुरको जनजीवन सामान्य अवस्थामा फर्कने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण