अनियमित रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गरौँ : श्रेष्ठ
सारांश
- वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले निर्वाचन निर्धारित मितिमा हुनुपर्ने कुरामा जोड दिए।
- उनले आन्दोलनकारीमाथि भएको बर्बरता र संरचना ध्वस्त पार्ने तत्त्वहरूको छानबिनको माग गरे।
- श्रेष्ठले भ्रष्टाचारीमाथि कारबाही र २०४७ सालपछिका सार्वजनिक पद धारण गर्नेको सम्पत्ति छानबिनको माग गरे।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्नु आजको मूल मुद्दा हुनुपर्ने बताएका छन् । विभिन्न चार माग अघि सार्दै उनले पहिलो बुँदामै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् ।
साथै उनले भाद्र २३ गते आन्दोलनकारी जेनजीहरूमाथि बर्बर नरसंहारकारी गर्ने र भाद्र २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायत राष्ट्रिय महत्वका संरचना तथा व्यावसायिक, निजी संरचना ध्वंस गर्ने तत्त्वहरू पनि छानबिन गरी दोषीहरूमाथि कारबाही गर्नुपर्ने बताएका छन् ।
भ्रष्टाचारीहरूमाथि कारबाही गरी सुशासन कायम गर्न र २०४७ सालदेखि सरकार, संसद् र सार्वजनिक लाभका पदमा रहनेहरूको सम्पत्ति छानबिन गरी अनियमित रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न पनि उनले माग गरेका छन् ।
राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षाप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण