रानु निरौलाको आवाजमा ‘पर्यटनमै भविष्य’ बजारमा (भिडियो)
काठमाडौं । गन्तव्य नेपाल ग्रुपले तेस्रो गीति एल्बम बजारमा ल्याएको छ । संगीतको माध्यमबाट मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सदाबाहर गीति एल्बम ‘पर्यटनमै भविष्य’ बजारमा ल्याएको हो ।
जसमा नेपालको कला, संस्कृति, भेषभुषासहित अन्य पर्यटकीय सम्भावनाहरुको चर्चा गरिएको छ । सो गीतको माध्यमबाट पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ । साथै पर्यटन सम्बन्धि गाँउ–गाँउसम्म सचेतना जागृत गर्नका लागि पनि गीतले मद्दत गर्ने अपेक्षा लिइएको छ ।
गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी (अविरल)को शब्द रहेको गन्तव्य नेपाल नामक उक्त गीतमा रानु निरौला र राजनराज शिवाकोटीले स्वर दिएका छन् भने राजनराज शिवाकोटीले नै संगीत भरेका छन् ।
ग्रुपले यसअघि सन् २०११ मा पर्यटन वर्ष सफल बनाउन पनि ‘सफल पारौं पर्यटन वर्ष’ नामक बोलको गीत बजारमा ल्याएको छ । त्यसपछि ‘गन्तव्य नेपाल’ नामक दोस्रो गीति एल्बम बजारमा ल्याएको थियो ।
उक्त दुवै गीत पर्यटन बजारमा निकै रुचाईएको थियो । त्यसकारण तेस्रो गीत पनि निकै चर्चित बन्ने अपेक्षा लिएको ग्रुपले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण