दाङमा आमाछोरीको डुबेर मृत्यु
शनिबार, २८ भदौ २०८२, २२ : ४३
सारांश
- दाङको लमही नगरपालिका-१ मा आमा र छोरीको पानीमा डुबेर मृत्यु भएको छ।
- उनीहरू माछा मार्न गएको बेला चिसो खोलाको बगरे दहमा डुबेका थिए।
- प्रहरीले दुवै जनाको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा पठाएको छ।
दाङ । लमही नगरपालिका– १ मा पानीमा डुबेर आमाछोरीको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय लमहीले दिएको जानकारीअनुसार लमही–१ वसन्तपुर बौराहकी ३९ वर्षीया किमा सार्की र सार्कीकी १७ वर्षीया छोरी होलिका सार्कीको डुबेर मृत्यु भएको हो ।
दुवै जनाको आज दिउँसो घरबाट उत्तरतर्फ रहेको चिसो खोलाको बगरे दहमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख एवं प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए ।
घटनापछि प्रहरी निरीक्षक पाण्डेयको नेतृत्वमा आठ जनाको टोली खटिएको थियो । मृतकको शवलाई पोस्टमार्टमका लागि लमही अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण