अपडेट
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण, तस्बिरहरु
आइतबार, २९ भदौ २०८२, ११ : ३९
सारांश
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरिन्।
- प्रधानमन्त्री कार्कीलाई कर्मचारीहरूले सिंहदरबारमा स्वागत गरेका थिए।
- जेनजी आन्दोलनपछि केपी शर्मा ओलीको राजीनामापश्चात कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो।
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् ।
उनी सिंहदरबार पुग्दा कर्मचारीहरुले स्वागत गरेका थिउ ।
जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै आन्दोलनको म्यान्डेटअनुसार कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । कार्कीले मुलुकको ४२ औँ प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहणअघि प्रधानमन्त्री कार्की लैनचौरस्थित शहीद स्मारक पुगेर सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।
जेनजी आन्दोलनका क्रममा मुलुकभर ५१ जनाको निधन भएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण