युवा पुस्ताको सोच बमोजिम काम गर्नेछु : प्रधानमन्त्री कार्की
सारांश
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच अनुसार काम गर्ने बताइन्।
- उनले जेन-जी आन्दोलनको माग पूरा गर्न र क्षतिहरूको मूल्याङ्कन गर्न अठोट व्यक्त गरिन्।
- प्रधानमन्त्री कार्कीले आन्दोलनमा ज्यान गुमाएका परिवारलाई भेटेर पीडा सम्बोधन गर्ने बताइन्।
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले युवा पुस्ताको सोच अनुसार आफूले काम गर्ने बताएकी छन् । जेनजी आन्दोलनका क्रममा युवा पुस्ताहरूले २७ घण्टाको आन्दोलनबाट विश्वमा नै नभएको कायापलट नेपालमा गरेको उल्लेख गर्दै उनले उनीहरूको सोचअनुसार आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
प्रधानमन्त्रीको पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराहरू नै जेन—जी आन्दोलनको मुख्य माग रहेकाले त्यो पूरा गर्ने अठोटका साथ अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारिन् ।
उनले आन्दोलनका क्रममा भएका क्षतिहरूको मूल्याङ्कन गर्दै सरकार अघि बढ्ने कार्ययोजना तय गरिएको पनि बताइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘आगामी दिनहरूमा युवा पुस्ताको सोच बमोजिम काम गर्नुपर्ने भएको छ । मलाई एकदम विचित्र लागेको छ–यो मुलुकमा यो जुन मुभमेन्ट आयो, यो वर्ल्डमा कहीँ पनि भएको छैन । २७ घण्टाको आन्दोलनमा कायापलट गरेको मलाई थाहा छैन । त्यसैले यो समूहले मागेको कुरा के हो भने भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका कुराका मागहरू गरेको हुनाले त्यो पूरा गर्नलाई हामीले अठोट गर्नुपर्ने अवस्था छ । र, यी क्षतिहरूको पनि मूल्याङ्कन गरेर आगामी कार्ययोजनाहरु तय गरिएको छ ।’
प्रधानमन्त्री कार्कीले आफूले सो आन्दोलनको क्रममा ज्यान गुमाएका परिवारहरूसँग पनि भेटेको उल्लेख गर्दै उनीहरूको पीडालाई सम्बोधन गर्ने पनि बताइन् । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण