पार्टी, संस्थाभित्रकाे फोहर सफा गर्ने सङ्कल्प गरौँ : जनार्दन शर्मा
आइतबार, २९ भदौ २०८२, १५ : २५
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी,संस्थाभित्रको फोहोर सफा गर्ने सङ्कल्प गर्नुपर्ने बताएका छन् । नेता शर्माले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन् ।
उनले भने,'आफैँभित्र,पार्टीभित्र,संस्थाभित्र, सामाजिक क्षेत्रमा रहेको फोहोर सफा गर्ने सङ्कल्प गरौँ । रूपान्तरण मार्फत सोचमा नै परिवर्तन गरेर मात्र क्षतिको पुनरावृत्ति हुनबाट बच्न बचाउन सकिन्छ ।'
गत सोमबार र मंगलबार काठमाडौँ लगायत देशभर जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड तथा आगजनी गरिएको थियो ।
शर्माले आज ती क्षतिग्रस्त संरचनाहरूको अवलोकन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण