दोस्रो विज्ञप्तिमा कांग्रेसले गर्यो देउवा दम्पतीमाथि भएको आक्रमणको भर्त्सना
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि भएको आक्रमणको भर्त्सना गरेको छ । सो पार्टीले शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि जारी गरेको विज्ञप्तिमा देउवाबारे एक शब्दपनि नबोलेकामा आइतबार भने अर्को विज्ञप्ति जारी गरेर आक्रमणको भर्त्सना गरेको हो।
‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा आरजु राणा देउवा माथिको अमानवीय र वर्वरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सना योग्य छ । उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ’, उपसभापति पूर्ण बहादुर खड्काले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैगरी पार्टीका अग्रजहरू, नेताहरू तथा अन्य राजनीतिक दलका नेताहरू माथि भएको भौतिक आक्रमण निन्दनीय र भर्त्सना योग्य रहेको पनि उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण