कांग्रेसको ६ बुँदे वक्तव्य : प्रतिनिधिसभाको विघटन पूर्णरूपमा अलोकतान्त्रिक र असंवैधानिक
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको कार्य अलोकतान्त्रिक र असंवैधानिक भएको बताएको छ।
- कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले ६ बुँदे धारणा सार्वजनिक गर्दै उक्त कुरा व्यक्त गरे।
- खड्काले सभापति शेरबहादुर देउवा र आरजु राणा देउवामाथिको आक्रमणको निन्दा गरे।
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक भएको बताएको छ ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले आइतबार पार्टीको तर्फबाट ६ बुँदे धारणा सार्वजनिक गर्दै लेखेका छन्, ‘संविधान बमोजिम जनताबाट लोकतान्त्रिक विधि अनुसार निर्वाचित देशकै सर्वोच्च प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभाको विघटनको कार्य पूर्ण रूपमा अलोकतान्त्रिक र असंवैधानिक छ । यस कार्यले देशको संविधान, संविधानद्वारा प्रत्याभूत नागरिक अधिकार, संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानको भावनामा कुठाराघात भएको छ ।’
उपसभापति खड्काले प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत भएको पार्टीको धारणामा उल्लेख छ । ‘लोकतन्त्र र संविधानलाई कमजोर गर्नुका साथै सम्मानित सर्वोच्च अदालतको पूर्ववर्ती सम्बन्धित फैसला भन्दा विपरीत छ’ खड्काले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
यसअघि शुक्रबार कार्यसम्पादन समिति बैठक बसेर कांग्रेसले प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको बताएको थियो ।
कार्यसम्पादन समिति बैठकपछि जारी विज्ञप्तिमा आफ्नै निवास बूढानीलकण्ठमा सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा कुटिएको विषय उल्लेख नगरेकोमा विरोध भएको थियो ।
अहिले भने त्यो विषय खड्काले वक्तव्यमा उल्लेख गरेका छन् । त्यसबारे खड्काले लेखेका छन्, ‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रूपमा संघर्ष गरेका पार्टीका आदरणीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टीका केन्द्रीय सदस्य डा. आरजु राणा देउवा माथिको अमानवीय र वर्वरतापूर्ण भौतिक आक्रमण निन्दनीय एवं भर्त्सना योग्य छ । उहाँहरू उपचारको क्रममा रहनु भएकोले शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’
यस्तो छ खड्काको ६ बँदे वक्तव्य


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण