चोरी भएका सामान फिर्ता गर्न अख्तियारको आग्रह
सारांश
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गतेको आन्दोलनमा चोरी भएका सामान फिर्ता गर्न सूचना जारी गरेको छ।
- आयोगले तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूबाट विभिन्न जिन्सी सामान हराएको जनाएको छ।
- सामान फिर्ता नगरे कानुनअनुसार कारबाही हुने चेतावनी आयोगले दिएको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गतेको आन्दोलनका क्रममा आफ्ना कार्यालयहरूबाट चोरी भएका सामग्रीहरू फिर्ता गर्न एक सार्वजनिक सूचना जारी गरेको छ।
आयोगले तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूबाट सवारी साधन, टिभी, कम्प्युटर, हार्ड डिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर लगायतका विभिन्न जिन्सी सामानहरू हराएको वा चोरी भएको जनाएको हो।
सिसिटिभी फुटेजको आधारमा तोडफोड र चोरीमा संलग्नहरूको पहिचान गर्ने कार्य भइरहेको आयोगले जनाएको छ। आयोगले कसैले पनि यी सामग्रीहरू लिएको वा प्राप्त गरेको भए काठमाडौंको हकमा प्रहरी वृत्त मालीगाउँ वा आयोगको टङ्गालस्थित कार्यालयमा बुझाउन अनुरोध गरेको छ।
अन्य कार्यालयहरूको हकमा भने ती सामानहरू नजिकको प्रहरी कार्यालय वा सम्बन्धित आयोगको कार्यालयमा बुझाउन भनिएको छ। यदि सामान फिर्ता नगरे कानुनअनुसार कारबाही हुने चेतावनी पनि आयोगले दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण