सुत्केरी महिलामाथि बलात्कार, एक जना पक्राउ
सोमबार, ३० भदौ २०८२, ०९ : ५५
१
सारांश
- मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- पीडित महिलाका श्रीमान्लाई खाबोमा बाँधेर अभियुक्तले बलात्कार गरेको आरोप छ।
- इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई महिनाकी सुत्केरी महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार राक्सिराङ-१ का ४१ वर्षीय अन्तरे थिङलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पीडित महिलाको बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिए। पीडित महिलाका अनुसार, अभियुक्तले उनका श्रीमान्लाई खाबोमा बाँधेर बलात्कार गरेका थिए।
इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको संयुक्त टोलीले आइतबार साँझ थिङलाई पक्राउ गरेको हो। पीडित महिलालाई हाल हेटौँडास्थित हिंसा पीडित महिलाका लागि रहेको सुरक्षित आवास गृहमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
-
संयमित र आक्रामक अर्जेन्टिनाविरुद्ध उत्साहित र रक्षात्मक इजिप्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण