विभिन्न स्थानमा ३ जना मृत फेला
सोमबार, ३० भदौ २०८२, १२ : १२
सारांश
- नेपालका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन्।
- दाङमा एकजना र मोरङ र झापामा एक-एक जना पुरुष मृत फेला परेका हुन्।
- प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
दाङ, लमही नगरपालिका-४ ठूलोघुम्ना बस्ने ५८ वर्षीय ईश्वर चौधरी राजपुर गाउँपालिका-७ हाडबाँसस्थित राप्ती नदीको किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, रतुवामाई नगरपालिका-३ चौकीघाटस्थित रतुवा खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, कचनकवल गाउँपालिका-५ पाठामारीस्थित मेची खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण