पार्टी कार्यालयमा आन्दोलनकारीले लेखेका अमर्यादित शब्द मेट्दै एमाले, भुसाल पुगे च्यासल
सोमबार, ३० भदौ २०८२, १७ : ०१
सारांश
- भदौ २४ गतेको आन्दोलनमा च्यासलस्थित एमाले पार्टी कार्यालयमा लेखिएका अमर्यादित शब्दहरू एमाले नेता कार्यकर्ताले मेटाए।
- आन्दोलनकारीले पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नुका साथै नारा र अमर्यादित शब्दहरू लेखेका थिए।
- नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आक्रमणबाट ध्वस्त भएको एमाले पार्टी कार्यालयको अनुगमन गरे।
काठमाडौँ । भदौ २४ गतेको आन्दोलनका क्रममा च्यासलस्थित पार्टी कार्यालयमा जथाभाबी लेखिएका अमर्यादित शब्दहरू नेकपा एमालेका नेता कार्यकर्ताले मेटाएका छन् ।
सोमबार पार्टी कार्यालय च्यासल पुगेर उनीहरूले त्यस्ता शब्दहरूमा रङ पोतेर मेटाएका हुन् । आन्दोलनकारीहरूले एमाले पार्टी कार्यालय तोडफोड र आगजनीका साथै कार्यालय परिसरमा विभिन्न नारा र नेतृत्वलक्षित अमर्यादित शब्दहरू लेखेका थिए । एमाले कोशी प्रदेश कमिटी सदस्य रोशन बस्नेत, युवा संघका निवर्तमान उपाध्यक्ष प्रकाश गौतमलगायतले ती शब्दहरू मेटाएका हुन् ।
यसैबिच नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आक्रमणबाट ध्वस्त भएको एमाले पार्टी कार्यालयको अनुगमन गरेका छन् । झण्डै ३ वर्षअघि भुसालले एमाले परित्याग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा
-
बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
-
ग्रेटवाल : ढुङ्गामा कुँदिएको इतिहास
-
मुगुमा पहिरो : गगन थापाले गराए सम्बन्धित निकायकाे ध्यानाकर्षण
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण