सिराहामा ३७ वटा भौतिक संरचनामा क्षति
सिराहा । जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित कम्तीमा ३७ वटा भौतिक संरचनामा तोडफोड र आगजनी भएको छ ।
जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार सरकारी र निजी दुवै सम्पत्तिहरूमा पूर्ण, आंशिक र सामान्य क्षति पुगेको छ ।
जिल्ला प्रहरीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार, प्रदर्शनका क्रममा सात वटा वडा कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ ।
आन्दोलनकारीले जिल्ला अदालत, नापी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय लहान, डिभिजन वन कार्यालय लहान, यातायात व्यवस्था विभाग लहान, नेपाल खाद्य संस्थान लहानलगायतका कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
पूर्वमन्त्री लीलानाथ श्रेष्ठ, सङ्घीय सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, गोलबजार नगरपालिका प्रमुख श्याम श्रेष्ठ, धनगढीमाई नगरपालिकाका मेयर शिवशङ्कर महतो र गोलबजार–६ का वडाध्यक्ष सञ्जीव लामाका निजी सम्पत्तिमा पनि क्षति पुगेको प्रहरी नायव उपरीक्षक पासवानले जानकारी दिए ।
प्रहरीका आठ वटा चौकीमा तोडफोड तथा १० वटा चौकीमा आगजनी गरिएको छ । साथै, प्रहरीले प्रयोग गर्दै आएका तीन वटा चारपाङ्ग्रे र ६ वटा दुई पाङ्ग्रे सवारीसाधनमा तोडफोड गरिएको छ ।
तीन वटा मोटरसाइकल पूर्ण रूपमा जलाइएको छ । आन्दोलनको क्रममा तीन वटा सञ्चार सेटहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रदर्शनमा नौ जना प्रहरी सामान्य घाइते भएका छन् भने सर्वसाधारणतर्फ कुनै मानवीय क्षति नभएको जनाइएको छ । क्षतिको विवरण सङ्कलन जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण