बाहिरी क्रान्तिभन्दा पहिला हामीभित्र क्रान्ति चाहिन्छ !
सारांश
- लेखले क्रान्तिको इतिहास र यसका सीमाहरूको बारेमा चर्चा गर्दछ, किन क्रान्तिहरूले अक्सर अपेक्षित नतिजा ल्याउँदैनन् भन्ने विश्लेषण गर्दछ।
- यसमा नेपालका युवाहरूको बलिदानको प्रशंसा गर्दै, तर स्पष्ट लक्ष्य बिनाको साहसले लक्ष्य हासिल गर्न कठिन हुने कुरा औंल्याइएको छ।
- लेखले आत्म-ज्ञानको महत्त्व र व्यक्तिगत परिवर्तनको आवश्यकतामा जोड दिँदै, वास्तविक क्रान्तिको लागि व्यक्तिभित्रको परिवर्तन आवश्यक रहेको बताउँछ।
इतिहास क्रान्तिका गाथाहरूले भरिएको छ । इतिहासमा क्रान्तिका गाथा मात्रै छैनन् । क्रान्ति लगत्तैका पिडा पनि उत्तिकै छन् । सडकमा ठुलो भिड जम्मा हुन्छ, राजधानीहरू गगनभेदी नाराले गुञ्जायमान हुन्छन्, यस्तो लाग्छ कि मानौँ पुरानो व्यवस्था फालिएर नयाँ बाटो निस्किएको छ ।
तर, जब सबै कुरा साम्य हुन्छ, मान्छेहरूले मिल्काइयो भन्ने ठानेको बाहिरी वस्तु आफैभित्र भने ज्युँदै रहेको भेट्टाउँछन् । शासन प्रणाली ढल्छ, शासकहरू फेरिन्छन्, तर मानिसहरूको दैनन्दिन जिन्दगी भने मूलतः उस्तै रहेको हुन्छ । हाम्रा क्रान्तिहरूको दुःख नै यही हो । यी क्रान्तिहरूले नयाँ थालनीको प्रतिज्ञा गर्छन् तर उही नियति दोहोर्याउँछन् । जति परिवर्तन हुँदै जान्छ त्यति नै सबै थोक उस्तै रहन्छ ।
- इतिहासमा भुलिएको पाठ
युरोपमा ठुला विद्रोह भए । अमेरिकामा भयानक गृहयुद्ध भयो । रुसमा तानाशाहरूको शृङ्खला अन्त्य गर्नकै लागी भनेर जारहरू फालिए । अरब जगतमा ’वसन्त’ विद्रोह भए । बंगलादेशले भर्खरै सरकार फालेको छ । तर सर्वत्र मानिसहरू क्रान्ति लगत्तै भ्रम मुक्त हुने गरेका छन् । चीनले भने आन्दोलनहरू रोक्यो । ती आन्दोलनहरू चाहे तियानमेन चोकमा होस वा हङकङमा नै किन नहोस् सबै रोकिए ।
_Pv1O6fD3BD.jpg)
त्यहाँको विद्रोहले के नतिजा ल्याउँथ्यो होला भन्ने हामी कल्पना मात्रै गर्न सक्छौँ । संसारमा भएका विद्रोहहरू यदाकदा केही स्तरसम्म परिवर्तन ल्याउन सफल नभएका पनि होइनन् । तर प्रश्न भने निश्चय नै उठ्छ खासमा फेर्न चाहिँ के फेरियो त ? भारतले पनि स्वतन्त्रता अघि र पछि दुवै बखत नागरिक आन्दोलन देखेको छ । नागरिक अवज्ञा, भारत छोडो हुँदै सम्पूर्ण क्रान्तिसम्म आइपुग्दा यसको सुची लामो हुन जान्छ ।
हरेक आन्दोलन पछि आधारभूत परिवर्तन भने फेला पर्नै सकेन । खोजे जस्तो परिवर्तन अधुरै रह्यो । दशकौँको आन्दोलन सम्झिँदै एक जना नेपाली युवकले भनेको मैले सुनेको छु ‘हामी सुरु गरिरहन्छौ । तर केही सुरु हुँदैन ।’
सन् १९७० को दशकमा जयप्रकाश नारायणको आह्वानमा भएको आन्दोलनले दिल्ली हल्लाएको थियो । केही समय पहिले अन्ना हजारेको आह्वानले त्यस्तै गर्यो । तथापि मानिसहरू भित्र चलिरहेको लोभ र त्रासको शासन भने डगमगाएन । आज नेपालले हामीलाई त्यस्तै अर्को ऐना देखाएको छ । समय क्रमसँगै नेपाली युवाहरू परिवर्तनको माग गर्दै सडकमा सडकमा आए । राजतन्त्रको विरुद्धमा, भ्रष्टाचारको विरुद्धमा तथा प्रतिबन्धको विरुद्धमा उनीहरूले नारा लगाए । हरेक आन्दोलनको क्रममा ठुलो बलिदान भयो ।
तर हरेक आन्दोलन पछि आधारभूत परिवर्तन भने फेला पर्नै सकेन । खोजे जस्तो परिवर्तन अधुरै रह्यो । दशकौँको आन्दोलन सम्झिँदै एक जना नेपाली युवकले भनेको मैले सुनेको छु ‘हामी सुरु गरिरहन्छौ । तर केही सुरु हुँदैन ।’
- क्रान्तिहरूले किन सधैँ मन दुखाउँछन् ?
गुनासा र दुखेसोहरू विशुद्ध काल्पनिक होइनन् । दलन यथार्थ नै हो । भ्रष्टाचारले जरा गाडेकै छ । शैक्षिक अवस्था कमजोर छ । रोजगारी दुर्लभ छ । हरेक पाँच जनामा एउटा नेपाली बेरोजगार छन् । मन्त्रीका छोराछोरी आफ्नो विरासतको आडमा हैसियत पाइरहेका छन् । सर्वसाधारण युवाहरू दूतावास अगाडी खाडी जाने लाइनमै छन् ।
विगतमा शासकहरू फाँसीको फन्दा र तरबार हातमा लिएर मान्छेहरूलाई नियन्त्रण गर्थे । अहिले मानिसहरू माथिको नियन्त्रण त्यसरी हुँदैन । मसिनो तवरबाट हुन्छ । हामीले के हेर्छौ, के चाहन्छौँ तथा के बाट डराउँछौँ भन्नेसम्म अब सिपाहीहरूले हैन अल्गोरिदमले तय गर्छन् ।
सामाजिक सञ्जालले झिल्को र ज्वाला दुवै दिएको छ ‘उनीहरूलाई ट्याग गर, भन्डाफोर गर, भाइरल बनाऊ’ । ’ह्यासट्याग’हरू एकाएक फैलिन्छन् । क्षणभरमै हराउन पनि सक्छन् । यही चक्र चलिरहन्छ: ऊर्जा बढ्छ, नेता उदाउँछन्, शक्ति स्थानान्तरण हुन्छ, लगत्तै मानिसहरू भ्रममुक्त हुन्छन् । मानिसहरू आशा बोकेर जुलुसमा आउँछन् । मौनतासाथ फर्किन्छन् । अन्ततः धेरै परिवार एकैसाथ देश छोड्न थाल्छन् ।
_eT6AYF8iKO.jpg)
- जब दास मानसिकताले बाह्य शक्ति तय गर्छ
प्रश्न उठ्छ, यस्तो किन हुन्छ ? यस्तो किन हुन्छ भने आन्तरिक परिवर्तन बेगरको बाह्य परिवर्तन सतही हुन्छ । सरकारहरू भ्रष्ट हुन सक्छन् । त्यस्ता राजनीतिज्ञलाई कसले चुनेर पठाउँछ त ? अज्ञानताको जालोले बाँधिएको समाजले बुद्धिमान शासक जन्माउँदैन ।
विगतमा शासकहरू फाँसीको फन्दा र तरबार हातमा लिएर मान्छेहरूलाई नियन्त्रण गर्थे । अहिले मानिसहरू माथिको नियन्त्रण त्यसरी हुँदैन । मसिनो तवरबाट हुन्छ । हामीले के हेर्छौ, के चाहन्छौँ तथा के बाट डराउँछौँ भन्नेसम्म अब सिपाहीहरूले हैन अल्गोरिदमले तय गर्छन् । बिहानै फोनले हाम्रा लागी समाचारहरू छानिदिन्छ ।
मध्यरातमा हामीलाई के ले ब्युँझाउने हो भन्ने तय गर्छ । अहिले ’एआई’ले हामी माथिको यस्तो पकड अझ बलियो पार्दैछ । टिकटक वा इन्स्टाग्रामले आफ्नो सञ्जालबाट बिदा भएका प्रयोगकर्तालाई फर्काउनुभन्दा सरकार ढाल्न सजिलो छ भने उनीहरूको शक्ति कति छ भन्ने यसै अनुमान गर्न सकिन्छ । अब हामीलाई बाँध्ने साङ्ला फलामले बनेका छैनन् ।
क्रान्तिहरू प्रायजसो मान्छेले सोचे जस्तो गन्तव्यमा पुग्दैनन् । क्रान्तिमा विद्यमान प्रणाली विरुद्ध प्रहार हुन्छ । शासक तथा नीति विरुद्ध आक्रमण हुन्छ । त्यसो गर्दा हामीलाई ’म आफू ठिक छु, यो प्रणाली भ्रष्ट छ’ भन्ने लाग्छ ।
तिनीहरू त केवल ‘नोटिफिकेसन’ले बनेका छन् । उनीहरूको अल्गोरिदममा कैद मानिसले आफै ‘स्क्रोल’ गर्ने भएकाले अब कुनै तानाशाह पनि चाहिँदैन । यदि सरकार ढाल्नु भनेको प्रयोगकर्ताहरूलाई टिकटक वा इन्स्टाग्राममा फिर्ता लग गर्नु भन्दा सजिलो छ भने, वास्तवमा कसले शक्ति राख्छ? साङ्लाहरू अब फलामका छैनन्, तिनीहरू सूचनाहरूले बनेका छन् । र, कैदी स्वेच्छाले स्क्रोल गर्ने भएकाले, कुनै पनि तानाशाहको आवश्यकता पर्दैन ।
लोकतन्त्रमा मतको ठुलो महत्त्व हुन्छ । हामी कसलाई मत दिन्छौ भन्नेमा हामी प्रस्ट छौँ त ? वा हाम्रो परिवेश पूर्वाग्रह, लोभ र व्याकुलताले छोपिएको छ? विद्रोहको गुणस्तर पनि मतदान गर्ने दिमागको गुणस्तरभन्दा बढी हुँदैन।
_ka4wDCRG0Z.jpg)
- किन असफल हुन्छ बाह्य परिवर्तन ?
क्रान्तिहरू प्रायजसो मान्छेले सोचे जस्तो गन्तव्यमा पुग्दैनन् । क्रान्तिमा विद्यमान प्रणाली विरुद्ध प्रहार हुन्छ । शासक तथा नीति विरुद्ध आक्रमण हुन्छ । त्यसो गर्दा हामीलाई ’म आफू ठिक छु, यो प्रणाली भ्रष्ट छ’ भन्ने लाग्छ । तर हामीले के बुझेको हुँदैनौ भने, आफू राम्रो भएको भए यस्ता भ्रष्ट प्रणाली उठ्नै सक्ने थिएनन् । हामी त्यो बिर्सन्छौँ ।
राजनीतिज्ञहरूलाई राम्रोसँग बुझेका हुन्छन् विरोध असफल भयो भने उनीहरू भागेर बेपत्ता हुन्छन् । सफल भयो भने यथास्थितिको संस्थापनमै समाहित हुन पुग्छन्। जुन अवस्थामा पनि विद्यमान प्रणाली भने जीवितै रहन्छ।आखिर क्रान्तिकारीको लागी आफ्नो जित नै वास्तविक हार बन्न पुग्छ । एक पटक उसले विजय हासिल गरेपछि उसको क्रान्ति ठ्याक्कै त्यही बन्छ जसको विरुद्धमा उसले लडेको थियो।
- साहसको गलत स्थानमा प्रयोग
नेपालका युवाले हिम्मत देखाएका छन् । उनीहरूको बलिदानको अभिनन्दन योग्य छ । त्यसलाई यत्तिकै ख्यालठट्टा मान्न मिल्दैन । तर आफ्नो लक्षमा प्रस्ट नभएको साहसले आफ्नो लक्ष हासिल गर्न धेरै अप्ठेरो हुन्छ ।
मान्छेले आफ्नो जीवन त्याग गर्नै पर्छ भने उसले जीवन जत्तिकै ठुलो मुद्दाको लागी त्याग्नुपर्छ । जस्तो धर्तीको अस्तित्व जोगाउनका लागी होस । अमेरिकामा अहिले जलवायु र पर्यावरणमा इतिहासकै सबैभन्दा ठुलो हमला भइरहेको छ। यही सालको मे महिनामा मात्रै पनि तेल र ग्यास व्यापारका दर्जनौँ नयाँ अनुमतिपत्रहरू द्रुत गतिमा वितरण गरियो ।
आक्रोश भनेको इन्धन हो । तर प्रस्ट गन्तव्य विनाको इन्धन केवल धुवाँ मात्रै बन्न सक्छ ।
जलवायु परिवर्तनको असर बारे सचेतना फैलाउने कार्यक्रमहरूको कोष भने रद्द गरियो। व्यापक वन फडानी हुदैछ । नदीहरू विषाक्त बनाइदैछ । पारिस्थितिक प्रणालीको सन्तुलन निरन्तर भत्काइँदैछ। वैज्ञानिकहरूका अनुसार विगत ५० वर्षमा ७० प्रतिशत भन्दा बढी वन्यजन्तुहरू हराइसकेका छन् । दक्षिण एसियाले प्रत्येक गर्मीमा याममा हजारौँ मानिसहरू गुमाउँदै आएको छ धेरै भइसक्यो । अहिले पनि धर्तीको सुरक्षाका लागी कुनै विद्रोह भएका छैनन् ।
आक्रोश भनेको इन्धन हो । तर प्रस्ट गन्तव्य विनाको इन्धन केवल धुवाँ मात्रै बन्न सक्छ ।
- प्रथम अग्नि : आत्म–ज्ञान
खास क्रान्तिको आगो बस जलाएर वा राजमार्ग अवरुद्ध गरेर बल्दैन। एउटा सक्षम गुरुले कलिलो मस्तिष्कलाई जगाउँदाका बखत कक्षाकोठामा चुपचाप बल्छ। स्वतन्त्र विचारलाई सबैभन्दा विध्वंसकारी ठानेर तानाशाहहरू विश्वविद्यालयसँग डराउँछन्। विश्वविद्यालय शक्तिशाली हुन्छ ।
त्यहाँको स्वतन्त्र चेत देखेर तानाशाहहरू तर्सिन्छन् । स्कुल र कलेजमा गणित, विज्ञान र वाणिज्य शास्त्र त पढाइन्छ तर कसरी हाम्रा तृष्णा र भयले हामीलाई दास बनाउँछन् भन्ने चाहिँ विरलै सिकाइन्छ । प्रत्येक घरपरिवारले आफ्ना रीतिथिति त हस्तान्तरण गर्छन् र तिनीहरू माथि प्रश्न गर्ने साहस भने विरलै दिने गर्छन् ।
आत्म–परीक्षणको अभावले स्वतन्त्रता दिँदैन केवल तदनुरूपता(कन्फर्मिटी)लाई नै बलियो बनाइदिन्छ । आत्माको शान्त घोषणाले करोडौँ नाराभन्दा ठुलो गुन्जन पैदा गर्न सक्छ ।
- परिवर्तनको इकाईको रूपमा व्यक्ति
क्रान्तिको खास इकाई समाज होइन । समाज केवल एक विचार हो । वास्तविक इकाई भनेको व्यक्ति हो । यदि व्यक्ति निदाइरहेको छ भने भीडले गाएको ’क्रान्ति’को गीत केवल नाटक हुन्छ । वास्तविक क्रान्ति त्यस वेला सुरु हुन्छ जब व्यक्तिले ’मलाई कसले शासन गर्दैछ ? कसले मेरो भय तय गर्दैछ ?
अधुरा क्रान्तिहरू निर्ममतापूर्वक कुल्चिइन्छन् । यदाकदा सफल भएको ठान्नाले गल्ती हुन पुग्छ । पहिलो क्रान्ति मनको हुनुपर्छ । यसबेगर हुने बाह्य क्रान्ति भड्किन पुग्छ ।
मैले विना सवाल कस्तो विश्वास बोकेर हिँडेको छु?’ भनेर प्रश्न गर्छ । यस्ता प्रश्नले कुत्कुत्याएको बखत बन्धनहरू खुकुलो हुन थाल्छन् । प्रभुत्व सिर्जना हुन बल आवश्यक पर्दैन । तृष्णा र भ्रमले सजिलै त्यसका लागी वातावरण सिर्जना गर्न सक्छ ।
पक्कै पनि विरोध र आन्दोलनको पनि आफ्नो भूमिका हुन्छ । तर मान्छे भित्रैबाट मुक्त हुँदामात्रै तिनीहरूको अर्थ हुन्छ । जब दिमाग सफा हुन्छ, सानो अवज्ञाले पनि स्थायी परिवर्तन ल्याइदिन सक्छ ।
_tDDJuKy7g7.jpg)
- पूर्ण क्रान्तिको बाटोमा
अधुरा क्रान्तिहरू निर्ममतापूर्वक कुल्चिइन्छन् । यदाकदा सफल भएको ठान्नाले गल्ती हुन पुग्छ । पहिलो क्रान्ति मनको हुनुपर्छ । यसबेगर हुने बाह्य क्रान्ति भड्किन पुग्छ । सानातिना उपलब्धि हासिल त होलान् तर गहिराइमा बन्धन जस्ताको तस्तै रहन्छ ।
निस्सन्देह नेपाली युवाहरूको साहस महान् छ । अब उनीहरूले फेरि बलिदान गर्नुपर्ने अवस्था आउनु हुँदैन । उनीहरूले गुमाएको अमूल्य जीवनको वास्तविक सम्मान ह्यासट्याग वा क्षणिक नाराहरूबाट हुँदैन । दासतालाई जरैदेखि प्रहार गर्ने क्रान्तिबाट मात्रै हुन्छ । प्रत्येक वास्तविक क्रान्ति आफ्नै मनलाई चिनेर सुरु हुन्छ ।
त्यस बखत मात्र एउटा मान्छे स्वतन्त्र प्राणीको रूपमा सडकमा पाइला टेक्न सक्छ । सरकार परिवर्तन गर्न मात्र नभएर समाजलाई नै रूपान्तरण गर्न सक्षम हुन्छ । टिक्ने स्वतन्त्रताका लागी पहिले आगो आफै भित्र जल्नु पर्छ । अन्यथा प्रत्येक बाह्य विद्रोह जतिसुकै भव्य भए पनि हावामा लागेको नारा जस्तै बिलाएर जान्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण