धमाधम छायांकनमा फर्किँदै फिल्म
सारांश
- जेनजी आन्दोलनका कारण बन्द भएका फिल्म हल सोमबारदेखि खुलेका छन्।
- फिल्म '३६ को आँकडा'को पुनः छायांकन काठमाडौँमा सुरु भएको छ।
- म्याग्दीमा 'परालको आगो' र चितवनमा 'आ बाट आमा'को छायांकन सुरु भएको छ।
काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारदेखि खुलिसकेको छ । यस्तै फिल्मकर्मी पनि धमाधम छायांकन, निर्माण र प्रचारप्रसारमा जुट्न थालेका छन् ।
जसअनुसार फिल्म ‘३६ को आँकडा’ को पुनः छायांकन सुरु भैसकेको छ । सबिर श्रेष्ठ निर्देशक रहेको फिल्मको छायांकन काठमाडौँका विभिन्न स्थानमा भइरहेको हो ।
तीन दिन रोकिएपछि फिल्मको छायांकन सुरु गरेको निर्देशक सबिर श्रेष्ठले बताए । फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का, निशा अधिकारी लगायतका कलाकारको अभिनय छ ।
यस्तै फिल्म ‘परालको आगो’को पनि म्याग्दीबाट छायांकन सुरु भएको छ । निर्माता सुशील पोखरेलले सोमबारबाट फिल्मको छायांकन सुरु भएको जानकारी दिए । लक्ष्मण सुनारको निर्देशन रहने फिल्ममा प्रकाश सपुत, सौगात मल्ल, सुहाना थापा लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
त्यस्तै फिल्म ‘आ बाट आमा’को छायांकन पनि अहिले पुनः सुरु भैसकेको छ । निर्देशक चन्द्र पन्तले फिल्मको छायांकन सुरु भैसकेको जानकारी दिए । चितवनमा छायांकन भइरहेको फिल्म जेनजी आन्दोलनको कारण एकदिन रोकिएको थियो । फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती लगायतका कलाकारको अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण