मुख्यमन्त्री पाण्डेले गरे आन्दोलनमा भएको क्षतिको निरीक्षण, तस्बिरहरू
मङ्गलबार, ३१ भदौ २०८२, १५ : ५४
पोखरा । जेनजी पुस्ताका युवाहरूको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण गण्डकी प्रदेशमा धेरै क्षति भएको छ ।
प्रदेश सरकारका मन्त्रालयदेखि प्रदेश सभासम्म जलेर नष्ट भएका छन् । सयौँ सवारी साधनमा तोडफोड र आगजनी गरिएको छ ।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको क्षतिको मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निरीक्षण गरेका छन् ।
उनले प्रदेशका सबै मन्त्रालय, प्रदेश सभा र जिल्ला स्थित विभिन्न कार्यालयहरूको निरीक्षण गरेका हुन् ।
आन्दोलनका समयमा उनी युनाइटेड अरब इमिरेट्स थिए । नेपाल फर्किएर उनी मंगलबार पोखरा आएका हुन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण