प्रधानमन्त्रीलाई दलाई लामाको बधाईमा एमालेको चासो
पोखरा। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका प्रधानमन्त्रीलाई तिब्बती धर्मगुरु दलाई लामाले दिएको बधाई सन्देशप्रति नेकपा एमालेले गम्भीर चासो व्यक्त गरेको छ। जानकारहरूका अनुसार, नेपालको इतिहासमा दलाई लामाले कुनै पनि नेपाली प्रधानमन्त्रीलाई बधाई दिएको यो पहिलो घटना हो।
एमालेको गण्डकी सम्पर्क कमिटी र कास्की-काठमाडौँ सम्पर्क मञ्चका प्रतिनिधिहरूबिच भएको छलफलमा यस विषयको समीक्षा गरिएको हो। एमाले केन्द्रीय सदस्य खगराज अधिकारीले उक्त घटना र हालैको राजनीतिक परिवर्तनबारे पार्टीले गम्भीर समीक्षा गरिरहेको बताए।
एमालेले यो घटनाक्रमलाई देशको वर्तमान भूराजनीतिक अवस्था र आन्तरिक सुरक्षाका लागि नयाँ चुनौतीका रूपमा लिएको छ। बैठकले यी विषयमा गहन समीक्षा आवश्यक रहेको निष्कर्ष निकालेको छ।
छलफलका क्रममा देशले सामना गरिरहेका अन्य चुनौतीहरूबारे पनि ध्यान खिचिएको थियो। बैठकमा सिंहदरबार, सङ्घीय संसद् भवनलगायतका महत्त्वपूर्ण संरचनाहरू ध्वस्त पारिएको, जेनजी आन्दोलनले हिंसात्मक रूप लिएको, एक नेताका लागि देशभरका जेलमा तोडफोड गरिएको, पूर्वप्रधानमन्त्री दम्पतीमाथि भएको आक्रमण र सुरक्षा संयन्त्रको उदासीनता लगायतका विषयमा गम्भीर छलफल भएको थियो।
बैठकमा सहभागीहरूले वर्तमान अवस्थामा सबै पक्ष एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण