दलाई लामापछि केन्द्रीय तिब्बती प्रशासन प्रमुखको प्रधानमन्त्री कार्कीलाई बधाई
काठमाडौँ। केन्द्रीय तिब्बती प्रशासनका प्रमुख (सिक्योङ) पेन्पा छिरिङले नेपालको पहिलो अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएकोमा सुशीला कार्कीलाई बधाई दिएका छन्।
प्रधानमन्त्री कार्कीलाई लेखिएको बधाई पत्रमा सिक्योङले भनेका छन्, ‘नेपाली राष्ट्र र जनताका लागि यो निर्णायक क्षणमा तपाईँको पहिलो अन्तरिम प्रधानमन्त्रीको रूपमा भएको ऐतिहासिक नियुक्ति नेपालका सबै जनताका लागि खुसीको क्षण र उज्ज्वल भविष्यको आशाको किरण दुवै हो।’
सिक्योङले नेपाली जनताको त्याग, विशेष गरी जेनजी क्रान्तिका दौरान उनीहरूले पुर्याएको योगदान, को पनि प्रशंसा गरेका छन् । उनले पत्रमा थप लेखेका छन्, ‘परम पावन दलाई लामाले आफ्नो सन्देशमा नेपाली र तिब्बतीबिचको घनिष्ठ सम्बन्धमाथि प्रकाश पार्दै सन् १९५९ देखि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि सुविधा उपलब्ध गराएकोमा नेपाल सरकार र जनताप्रति आभार व्यक्त गर्नुभएको छ।’
सिक्योङले नेपालमा रहेका तिब्बती शरणार्थीहरूको अवस्थाबारे पनि चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘नेपालमा शरणार्थी बनेका तिब्बतीहरूको अवस्थाबारे म जोड दिन चाहन्छु, जसले नेपालमा अस्तित्वको चुनौती सामना गरिरहेका छन्। वर्षौँदेखि हाम्रा सबै प्रयासहरू व्यर्थ भएका छन्, तर तपाईँको नेतृत्वले हामीलाई आशा दिएको छ।’
उनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा नेपालमा रहेका तिब्बती शरणार्थीहरूका लागि राहत मिल्ने आशा व्यक्त गरेका छन्। ‘हामी तपाईँलाई विश्वास दिलाउन चाहन्छौँ कि तिब्बती जनताले नेपालको विकासमा सकारात्मक रूपमा योगदान दिनेछन्,’ सिक्योङले लेखेका छन्।
पत्रको अन्त्यमा उनले प्रधानमन्त्री कार्कीको सफल कार्यकालको कामना गर्दै नेपालको इतिहासमा नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरेका छन्।
यसअघि दलाई लामाले पनि प्रधानमन्त्री कार्कीलाई बधाई दिएका थिए । यसको भूराजनीतिक प्रभावबारे अहिले विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण