सचिवहरूको बैठक
१० हजार कर्मचारीको दरबन्दी घटाउने सैद्धान्तिक सहमति
मङ्गलबार, ३१ भदौ २०८२, २० : ३१
काठमाडौँ । निजामती सेवा अन्तर्गत सङ्घीय तहमा रहेको दरबन्दी २० प्रतिशतले घटाउने तयारी गरिएको छ । मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यसबारे सैद्धान्तिक सहमति गरेको हो ।
हाल सङ्घमा ५१ हजारभन्दा बढी कर्मचारी रहेका छन् । २० प्रतिशतले दरबन्दी कटौती हुँदा यो सङ्ख्या करिब १० हजारले घट्नेछ ।
यो दरबन्दी मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूबाट घटाइने एक सचिवले रातोपाटीलाई जानकारी दिए । यसका लागि आवश्यक प्रस्ताव असोज २० गते भित्र तयार गर्ने निर्णय गरिएको छ ।
‘यो निर्णय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रस्ताव तयार गरेर मन्त्रिपरिषद् बैठकमा पेस गरिनेछ,’ ती सचिवले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
-
धुलिखेल खानेपानी आयोजना पुनः निर्माण
-
चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एआई एक्स-रे’बाट क्षयरोग सङ्क्रमित खोज्दै तुलसीपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण