मुग्लिन-नारायणगढ सडक
पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी सुचारु
मङ्गलबार, ३१ भदौ २०८२, २३ : ०९
सारांश
- मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोलानजिक पहिरोका कारण सडक अवरुद्ध भएको थियो।
- सडक डिभिजन भरतपुरका अनुसार, पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ।
- कार्यालयले अत्यावश्यकबाहेकका सवारीसाधनलाई यात्रा नगर्न र सुरक्षित रहन अनुरोध गरेको छ।
काठमाडौँ । मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोलानजिक पहिरोले अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ ।
मंगलबार साँझ करिब ९ बजे पहिरो खस्दा दुवै तर्फको सवारी आवागमन अवरुद्ध सडक मंगलबार रातिदेखि नै एकतर्फी सुचारु गरिएको सडक डिभिजन भरतपुरले जनाएको हो ।
कार्यालयले रातको समयमा झर्ने ढुङ्गा वा पहिरो नदेखिने सम्भावित दुर्घटना निम्त्याउन सक्ने भएकाले अत्यावश्यक बाहेकका सवारीसाधनलाई यात्रा नगर्न आग्रह गरेको छ। साथै रोकिएका सवारीसाधनका चालक र यात्रुलाई सुरक्षित स्थानमा जान समेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण