च्याम्पियन्स लिग
च्याम्पियन्स लिगमा आर्सनलको विजयी सुरुवात
बुधबार, ०१ असोज २०८२, ०० : २९
सारांश
- आर्सनलले युरोपियन च्याम्पियन्स लिगमा एथ्लेटिक बिलबाओलाई २-० ले पराजित गर्यो।
- खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि, दोस्रो हाफमा आर्सनलले दुई गोल गर्यो।
- ग्याब्रियल मार्टिनेली र लिअन्ड्रो ट्रोसार्डले आर्सनलका लागि गोल गरे।
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा इङ्लिस क्लब आर्सनलले विजयी सुरुवात गरेको छ ।
स्पेनिस क्लब एथ्लेटिक बिलबाओविरुद्धको खेलमा आर्सनलले २-० को जित हात पार्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आर्सनलले आक्रामक प्रदर्शन गर्यो ।
७२औँ मिनेटमा ग्याब्रियल मार्टिनेलीले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ८७औँ मिनेटमा लिअन्ड्रो ट्रोसार्डले दोस्रो गोल थप्दै जित पक्का गरे ।
यस जितसँगै आर्सनलले समूह चरणको पहिलो खेलमै महत्त्वपूर्ण तीन अङ्क जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण