जेनजी आन्दोलनपछि अनुगमनमा मेयर लामा, सेवाप्रवाह व्यवस्थित गर्न निर्देशन
सारांश
- हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले कार्यालयको अनुगमन गरिन् र सेवा प्रवाहलाई व्यवस्थित गर्न निर्देशन दिइन्।
- मेयर लामाले कर्मचारीहरूलाई आन्दोलनबाट पाठ सिक्दै जनउत्तरदायी बन्न र सेवा प्रवाहलाई सरल बनाउन निर्देशन दिइन्।
- आगजनीबाट प्रभावित कार्यालयले राजस्व सङ्कलन, नक्सा पास लगायतका सेवाहरूलाई प्रविधिमैत्री बनाउने प्रक्रिया सुरु गरेको छ।
मकवानपुर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामा पहिलो पटक कार्यालयको अनुगमनमा निस्केकी छिन् । हेटौँडा उपमहानगरपालिकाको अनुगमन गर्दै मेयर लामाले प्रभावित सेवाप्रवाहलाई तत्काल व्यवस्थित र जनउत्तरदायी बनाउन निर्देशन दिइन् ।
आन्दोलनका क्रममा भएको आगजनीका घटनाका कारण अस्तव्यस्त बनेको कार्यालयको कामलाई पुनः लयमा फर्काउन उनले कर्मचारीहरूलाई 'खरानीबाट उठेर' संरचनागत विकासमा लाग्न निर्देशन दिइन् ।

अनुगमनका क्रममा मेयर लामाले उपमहानगरपालिकाका विभिन्न महाशाखा निरीक्षण गर्दै कर्मचारीहरूलाई विगतका घटनाबाट पाठ सिक्दै जनताप्रति थप उत्तरदायी बन्न र सेवा प्रवाहलाई सरल, छिटो र पारदर्शी बनाउन निर्देशन दिइन् ।

आगलागीबाट ध्वस्त बनेको हेटौँडा उपमहानगरपालिकाले कार्य सञ्चालनका लागि व्यवस्थापनको काम गर्दै आएको छ । जलेका कोठालाई व्यवस्थापन गर्दै उपमहानगरपालिकाले राजस्व सङ्कलन, नक्सा पास, सिफारिस, दर्ता जस्ता नियमित सेवाहरूलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रक्रिया सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण