इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्नुपर्छ : माधव नेपाल
सारांश
- माधवकुमार नेपालले भ्रष्टाचार अन्त्य, सुशासन र आर्थिक सामाजिक रूपान्तरणको आवश्यकता औंल्याए।
- उनले युवा पुस्ताको जायज माग सम्बोधन नगर्दा दुःखद घटना घटेको बताए, जसले देशलाई क्षति पुर्यायो।
- नेपालले युवा पुस्ता, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्यको तत्परता देखाए।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले इतिहासका कमजोरीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नुपर्ने बताएका छन् ।
बुधबार शोक वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भ्रष्टाचारको अन्त्य र रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रुपान्तरण गर्ने तथा युवा पुस्तालाई मुलुकमै बस्न लायक वातावरण निर्माण गर्न सके मात्र जेनजी आन्दोलनमा शाहदत्त प्राप्त गर्नेहरूप्रति साँचो श्रद्धाञ्जली हुने बताएका छन् ।
‘यसका लागि युवा पुस्तासँगै सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज, राज्य तथा निजी क्षेत्र लगायत समाजका विभिन्न अङ्गसँग हातेमालो एवम् सहकार्य गर्न हामी सदैव तत्पर छौँ’, अध्यक्ष नेपालको भनाइ छ ।
नेता नेपालले जेनजी पुस्ताका जायज मागहरूलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीहरूले देखाएको दम्भ र अहङ्कारको कारण दर्जनौँ होनाहार युवाहरूले शाहदत्त प्राप्त गर्नुपरेको तथा मुलुकले अकल्पनीय तथा अपूरणीय क्षति व्यहोर्नुपरेको पनि बताएका छन् । युवा पुस्ताको अगुवाइमा भएको उक्त आन्दोलन जनतामा उत्पन्न निराशा र आक्रोशको परिणाम हो भन्ने कुरालाई स्वीकार गर्नुपर्ने समेत बताएका छन् ।
‘यसका अतिरिक्त कतिपय नेता तथा जनताको जीवन शैलीका बिचको अन्तर, भ्रष्टाचार, कुशासन, बेरोजगारी, युवा पलायन तथा आर्थिक सामाजिक रूपान्तरणको मार्गमा हिँड्न नचाहने÷नखोज्ने कार्यशैलीका कारण यो अवस्था उत्पन्न भएको कुरालाई समेत मनन गर्नुपर्दछ’, नेपालले वक्तव्यमा भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण