यी हुन् जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका १० जना (नामावलीसहित)
सारांश
- जेनजी प्रदर्शनको क्रममा जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर १० जनाको मृत्यु भएको छ।
- बाँके, रामेछाप र धादिङका कारागारबाट भाग्न खोज्दा कैदीबन्दीको मृत्यु भएको प्रहरीले जनाएको छ।
- मृत्यु हुनेमा नाबालक बन्दी र कैदीहरू रहेका छन्।
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा जेल तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीको गोली लागेर १० जनाको मृत्यु भएको छ । बाँकेमा रहेको बालसुधार गृह नौबस्ता, कारागार कार्यालय रामेछाप र धादिङबाट भाग्न खोजेका कैदीबन्दीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा बालसुधार गृह नौबस्तामा रहेका नाबालक बन्दीहरू अछाम घर भएका २१ वर्षीय उमेश विष्ट, दाङ घर भएका २० वर्षीय दिनेश घर्तिमगर, बाँकेका २० वर्षीय समीर थापा, कैलाली घर भएका १९ वर्षीय जगत देउवा र दैलेख घर भएका २१ वर्षीय भूपेन्द्र खत्री छन् ।
जिल्ला कारागार रामेछापबाट भाग्ने क्रममा मोरङ घर भएका ५१ वर्षीय राजकिशोर यादव, धनुषाका ५८ वर्षीय बिरु धोबी र धनुषाकै ४० वर्षीय मनोज महतोको मृत्यु भएको छ ।
जिल्ला कारागार धादिङबाट जेल तोडेर भाग्ने क्रममा सेनाले चलाएको गोली लागेर धादिङको बेनिघाट घर भएका ६१ वर्षीय जित बहादुर घले र पूर्व नवलपरासीका ३६ वर्षीय इन्द्र बहादुर डालाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण