तुइन खोलामा पहिरो, नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा
बुधबार, ०१ असोज २०८२, १३ : १०
सारांश
- नारायणगढ-मुग्लिन सडकको मुग्लिन नजिकै तुइन खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।
- सडक डिभिजनका अनुसार लोडर प्रयोग गरी एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ।
- पानी परेका कारण पहिरो पन्छाउन समस्या भएको र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरिएको छ।
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिकै तुइन खोलामा पहिरोका कारण सडक अवरुद्ध बनेको छ । सडक डिभिजन भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार साढे १२ बजे पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो । तत्काल लोडर प्रयोग गरी पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
घिमिरेले भने- ‘अहिले पानी परेका कारण पहिरो पन्छाउन समस्या भएको छ । पानी रोकिएपछि पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याउँछौँ ।’
यसअघि बिहान पनि सोही ठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको थियो । तत्काल पहिरो हटाएर सडक सञ्चालनमा ल्याएको थियो । उक्त स्थानमा निरन्तर पहिरो झर्ने क्रम रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न विभागले अनुरोध गरेको छ । साथै लेन अनुशासनमा रही सवारी साधन चलाउनसमेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण