जेन जी आन्दोलनका सहिदप्रति महतोको श्रद्धाञ्जली
सारांश
- राष्ट्रिय मुक्ति पार्टी नेपालले 'जेन जी' आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
- पार्टी अध्यक्ष राजेन्द्र महतोले सहिदहरूको त्यागलाई राष्ट्रले कहिल्यै भुल्न नसक्ने बताए।
- पार्टीले सहिदको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम र सभा आयोजना गर्न आह्वान गरेको छ।
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालले ‘जेन जी’ आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टीका अध्यक्ष राजेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै ऐतिहासिक क्रान्ति र देशको स्वाधीनताका लागि युवा पुस्ताले गरेको बलिदानलाई स्मरण गरेका हुन्।
विज्ञप्तिमा महतोले ‘जेन जी’ आन्दोलनमा सहादत प्राप्त गरेका वीर सहिदहरूको त्यागलाई राष्ट्रले कहिल्यै भुल्न नसक्ने उल्लेख गर्दै यसलाई ऐतिहासिक गौरवको रूपमा स्मरण गर्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘तपाईंहरूको बलिदानले हामीलाई अझ दृढताका साथ संघर्ष गर्न प्रेरित गरेको छ। यो संघर्ष व्यक्तिगत मात्र होइन, जनताको अधिकार, समानता, स्वाभिमान र भ्रष्टाचार विरुद्धको साझा संघर्ष हो।’
अध्यक्ष महतोले आफ्ना पार्टीका सबै नेता तथा कार्यकर्तालाई सहिदहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न आह्वान गरेका छन्। साथै संविधान, देशको कानुन र सार्वजनिक स्थानहरूमा श्रद्धाञ्जली सभाहरू आयोजना गरी सहिदहरूलाई सम्झन आग्रह गरिएको छ।
राष्ट्रिय मुक्ति पार्टीले सहिदहरूले देखाएको बाटोमा अघि बढ्दै स्वाधीनताको सपना पूरा गर्ने प्रतिबद्धता पनि जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण