लोसपा नेपालले असोज ३ गते कालो दिवस मनाउने
सारांश
- लोसपा नेपालले असोज ३ गते कालो दिवस मनाउने निर्णय गरेको छ।
- पार्टीले संविधान दिवसको दिन शोक दिवस मनाउने जनाएको छ।
- लोसपाले संविधान संशोधनको माग गर्दै आएको छ।
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गते कालो दिवस मनाउने निर्णय गरेको छ । आज पार्टी कार्यालयमा बसेको सो पार्टीको पदाधिकारी तथा अन्य भातृसंगठनका पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।
पार्टीका अध्यक्ष महन्थ ठाकुरले असोज ३ गते कालो दिवस मनाउने निर्णय भएको बताए । बैठकपछि अध्यक्ष ठाकुरले एक विज्ञप्ति जारी गर्दै आगामी ३ गते कालो दिनका अतिरिक्त शोक दिवसको रूपमा कालो पट्टी लगाई मनाउने निर्णय भएको बताएका छन् ।
सरकारले असोज ३ गते संविधान दिवस मनाउँदै आएको छ । सरकारले २०७२ असोज ३ गते संविधान जारी गरेको थियो । त्यो संविधानले मधेसको अधिकार र पहिचान पुरा नगरेको भन्दै लोसपा लगायत अन्य मधेसवादी दलहरूले आन्दोलन गर्दै आइरहेका छन् । ती दलले संविधान संशोधनको माग गर्दै लामो समय आन्दोलन गरेका थिए । तर संविधान संशोधन नभएपछि लोसपा नेपालले भने सुरु देखिनै असोज ३ लाई कालो दिवसको रूपमा मनाउँदै आएको छ ।
बैठकले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदप्रति श्रद्धाञ्जली समेत अर्पण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण