जेनजी आन्दोलनमा मृत्यु भएकाहरूकाे चीरशान्ति कामना गर्दै र्याली
बुधबार, ०१ असोज २०८२, १९ : ४५
जनकपुरधाम । जेनजी पुस्ताको आन्दोलनमा मृत्युवरण गर्ने सम्पूर्ण आत्माको चीरशान्तिको कामना गर्दै जनकपुरधाममा शान्ति र्याली सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशको आयोजनामा बुधबार भएको र्याली रामानन्द चोकबाट सुरु भई जनक चोकमा कोणसभासहित सम्पन्न भएको हो । र्यालीमा मुलुकमा शान्ति–सुव्यवस्था कायम गर्न, मानव अधिकारको संरक्षण तथा सम्मान गर्नुपर्ने माग राखिएको थियो ।
कोणसभामा आयोगका प्रतिनिधिहरूले आन्दोलनका क्रममा भएका मृत्यु र क्षतिप्रति दुःख व्यक्त गर्दै मानव अधिकारको संवर्द्धनमा सबैलाई एकजुट हुन आह्वान गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धनुषाका विभिन्न पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण