साफ यू–१७ च्याम्पियनसिप : बंगलादेशसँग भिड्दै नेपाल
सारांश
- नेपालले साफ यू-१७ च्याम्पियनसिप २०२५ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
- पहिलो खेलमा नेपालले श्रीलंकालाई २-० गोलले पराजित गरेको थियो।
- प्रतियोगितामा नेपालसहित सात टोली सहभागी छन् र सेमिफाइनलका लागि समूह विजेता छनोट हुनेछन्।
काठमाडौँ । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप २०२५ अन्तरगत समूह चरणको दोस्रो खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे कोलम्बोस्थित कोलम्बो रेसकोर्स स्टेडियममा खेलिनेछ ।
यसअघि पहिलो खेलमा नेपालले आयोजक टोलीलाई २–० गोलले हराएको थियो । खेलमा दुवै गोल समीर कुमारले गरेका थिए ।
प्रतियोगितामा नेपालसहित सात टोली सहभागी छन् । समूह एमा नेपाल, बंगलादेश र श्रीलङ्कासहित ३ टोली छन् । समूह बीमा भारतसहित पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् ।
प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रत्येक टोलीको समूह विजेताले अर्को समूहको उपविजेतासँग खेल्नेछ । फाइनल खेल २७ सेप्टेम्बरमा खेलिनेछ ।
भारत प्रतियोगिताको साबिक विजेता टोली हो । टोलीले सर्वाधिक ६ पटक यो प्रतियोगिता जितेको छ भने बंगलादेशले २ पटक उपाधि चुमेको छ । पाकिस्तानले सन् २०११ मा एक पटक यो प्रतियोगिता जितेको थियो ।
नेपालले लगातार १० औँ पटक प्रतियोगितामा भाग लिँदैछ । टोली सन् २०१३, २०१७, २०१९ र २०२२ मा फाइनलसम्म पुगेर उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण