राप्रपाले कार्यसम्पादन समिति बैठक बोलायो, अध्यक्ष लिङ्देनले पार्टीको धारणा सार्वजनिक गर्ने
बिहीबार, ०२ असोज २०८२, १३ : १५
सारांश
- राप्रपाले परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीको धारणा तय गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलायो।
- बैठकमा वर्तमान राजनीतिक परिस्थिति, पार्टीको आगामी कदम र संगठनात्मक विषयमा छलफल हुनेछ।
- अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आधिकारिक धारणा र निर्णयहरू सार्वजनिक गर्नेछन्।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले परिवर्तित राजनीतिक सन्दर्भमा पार्टीको धारणा तय गर्न आज केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
बैठक आज दिउँसो पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।
बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको आगामी कदम र संगठनात्मक विषयमा गहन छलफल हुने बताइएको छ। बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आधिकारिक धारणा र बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।
यस क्रममा अध्यक्ष लिङ्देनले समसामयिक विषयमा पार्टीको दृष्टिकोण प्रष्ट पार्ने र आगामी दिनमा राप्रपाले लिन सक्ने नीतिगत कदमबारे पनि जानकारी दिने प्रवक्ता श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण