प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी
सारांश
- भक्तपुरमा जेनजी प्रदर्शनका क्रममा जलाइएका प्रहरी कार्यालयहरु स्थानीयको आर्थिक सहयोगमा मर्मत भइरहेका छन्।
- जगाती र थिमि वृत्तको मर्मत जारी छ भने अन्य चौकीहरुमा पनि स्थानीयको सहयोग रहेको छ।
- प्रहरी कार्यालय मर्मतका लागि आर्थिक संकलन भइरहेको छ र विभिन्न स्थानमा मर्मत कार्य भइरहेको छ।
भक्तपुर । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते जलाइएका भक्तपुरका दुई प्रहरी वृत्तसहित १७ वटा प्रहरी प्रभाग एवं एकाइहरु स्थानीयको आर्थिक सहयोगमा धमाधम मर्मत गरिएका छन् ।
जगाती प्रहरी वृत्त र थिमि प्रहरी वृत्तको मर्मत जारी छ भने कतिपय प्रहरी प्रभाग एवं चौकीहरु स्थानीयले मर्मत गरिरहेका छन् । आगजनीबाट ध्वस्त जिल्ला ट्राफिक प्रहरी कार्यालयले एउटा कोठाबाट काम सुरु गरेको छ । स्थानीयको आर्थिक सहयोगमा भवन मर्मत सुरु गरिएको छ ।
चार वर्ष अगाडि व्यवसायी नवीन प्रजापतिको संयोजकत्वमा निर्माण गरिएको भवन जलाइए पछि पुनः प्रजापतिकै नेतृत्वमा सरसफाई गरी एउटा कोठाबाट सेवा सुरु गरिएको ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतको नेतृत्वमा निर्माण उपभोक्ता समिति गठन गरेर वडावासीसहितले प्रहरी वृत्त जगातीको भवन चारदिनदेखि सफाई र प्लाष्टर गरिरहेका छन् ।
प्रहरी वृत्त मर्मतका लागि करिब ३५ देखि ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘हामी वडावासी, व्यवसायी, नागरिक समाजबाट आर्थिक सहयोग जुटाएर प्रहरी वृत्तलाई पुरानै अवस्थामा ल्याउन जुटिरहेका छौँ, आजसम्म जलेका भाग पन्छाइयो, कालो पखालेर प्लाष्टर गर्ने, चिप्स राख्ने काम गरिरहेका छौँ’, उनले भने ।
प्रहरीले यहाँको सेवा प्रहरी प्रभाग डोलेश्वरको भवनबाट दिइरहेको छ । आगजनीबाट सूर्यविनायक–७ गुण्डु प्रहरी चौकीको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएपछि स्थानीयकै सहयोगमा पुनर्निर्माण भइरहेको वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए । कटुञ्जेको सामुदायिक प्रहरी कार्यालय पनि स्थानीयको सहयोगमा मर्मत भइरहेको छ ।
चाँगुनारायण नगरपालिका–८ स्थित प्रहरी चौकी सुडालको भवन आगजनीबाट पूर्ण रुपमा क्षति भएपछि वडाध्यक्ष जनक खत्रीको नेतृत्वमा स्थानीयबाट सङ्कलित रकमबाट मर्मत भइसकेको छ । चाँगुनारायण प्रहरी चौकीको भवन पनि स्थानीयले मर्मत सुरु गरेका छन् । वडा नं. १ सरस्वतीखेलमा रहेको प्रहरी युनिटको कार्यालय मर्मत गरी सञ्चालन गरिएको वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए ।
मध्यपुरथिमिस्थित प्रहरी वृत्त भवन मर्मत भइरहेको छ । अभियन्ता अनिश बैद्यको नेतृत्वमा सरसफाई र मर्मत भइरहेको हो । अभियन्ता वैद्यले भने, ‘प्रहरी वृत्त थिमिको गेट नै फेरेका छौँ, अहिलेसम्म नौ लाख भन्दा बढी आर्थिक सहयोग स्थानीय नागरिक एवं दाताबाट सङ्कलन भएको छ । करिब २५ देखि ३० लाख खर्च हुने अनुमान छ ।’
स्थानीयले सानोठिमी प्रहरी प्रभागको मर्मतसँगै रङ्गरोगन गरी हस्तान्तरण गरेको छभने मनोहरा किनारमा रहेको दिश्वश्वरी प्रहरी चौकीको भवन पनि स्थानीयले मर्मत गरी हस्तान्तरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण