एनएसपीएलको ट्रायल सम्पन्न
सारांश
- नेपालमै पहिलो पटक टेनिस बल टी–१० क्रिकेट प्रतियोगिताको ट्रायल सम्पन्न भयो।
- ट्रायलमा १५ सयभन्दा बढी खेलाडीले भाग लिए, जसमा २ सय ५० जना अक्सनका लागि छनोट भए।
- प्रतियोगिता असोज २१ देखि ३१ गतेसम्म हुने तय भए पनि आन्दोलनका कारण मिति सरेको छ।
काठमाडौँ । नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको सबैभन्दा ठुलो टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) को ट्रायल सम्पन्न भएको छ ।
देशभर विभिन्न स्थानमा सम्पन्न भएका ट्रायलमार्फत खेलाडीहरूलाई छनोट गर्ने प्रक्रिया सकिएको हो । काठमाडौँको महालक्ष्मी स्पोट्र्स हबमा बिहीबार अन्तिम ट्रायल सम्पन्न गरेको हो ।
ट्रायलमा १५ सय भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए । ट्रायलमा सहभागी भएका खेलाडीमध्ये २५० जना खेलाडीहरूलाई अक्सनका लागि छनोट गरिने डीजीआर स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले जानकारी दिएको छ ।
प्रतियोगिता टेनिस बल क्रिकेट खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने महत्त्वपूर्ण प्लेटफर्म हुने आयोजकको विश्वास छ । प्रतियोगितामा सात टिम सहभागी हुनेछ । प्रतियोगितामा कुल २५ खेल खेलिने छ । लिग चरण सिङ्गल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुनेछ र शीर्ष ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । विजेता टिमले २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका अध्यक्ष ज्ञानु सिंहले यो लिगले उदीयमान प्रतिभाको लागि बलियो र समावेशी प्लेटफर्म निर्माण गरेर ग्रासरुट क्रिकेटलाई विकाश गर्ने योजना भएको बताए ।
‘प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्नेछ । साथै, नेपाली क्रिकेटलाई ग्रासरुट स्तरबाट विकास गर्ने उद्देश्य राखिएको हाम्रो छ,’ उनले भने ।
असोज २१ देखि असोज ३१ गतेसम्म हुने तय गरिएको प्रतियोगिता भदौ २३ र २४ गतेका जेनजी आन्दोलनका कारण केही समय पर धकेलिएको छ । आयोजकले छिट्टै नै नयाँ मिति सार्वजनिक गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण