कुनै पनि हालतमा राजीनामा नदिने मधेसका मुख्यमन्त्री सिंहको अडान
सारांश
- मुख्यमन्त्री सतिश कुमार सिंहले कुनै पनि हालतमा पदत्याग नगर्ने बताएका छन् ।
- उनले संघीयता र संविधानको रक्षा गर्न पदमा अडिग रहेको बताए, र राजीनामा नदिने कुरा प्रष्ट पारे ।
- मुख्यमन्त्री सिंहले आन्दोलनमा भएको क्षतिको बारेमा चिन्ता व्यक्त गर्दै संघीयता जोगाउन एकजुट हुनुपर्ने बताए।
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कुनै पनि हालतमा पदत्याग नगर्ने बताएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार मधेस भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कसैले चाहेर वा षड्यन्त्र गरेर राजीनामाका लागि बाध्य बनाउन नसक्ने प्रस्ट पारे ।
मुख्यमन्त्री सिंहले भने, ‘म संघीयता र संविधानको रक्षा गर्न पदमा अडिग रहेको छु । केही साथीले चाहेका भरमा म राजीनामा दिन्नँ । म सदन सामना गर्न तयार छु । संसदबाट विश्वासको मत पाउन नसकेमात्र पद छोड्छु ।’
उनले भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा संघीयताले सिर्जना गरेको सम्पत्तिलाई आफ्नो कारणले क्षति नगरोस् भन्ने भावनाले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेको जिकिर गरे । हाल आफू दृढतापूर्वक पदमा रहने उनको भनाइ छ ।
दश वर्षे माओवादी जनयुद्धमा भएको क्षतिको भन्दा धेरै ठुलो भौतिक संरचनाको क्षति दुई दिनको आन्दोलनमा भएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले अब मधेसी जनताले आफ्ना बलिदानबाट प्राप्त संघीयतालाई जोगाउन एकजुट हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण